Nepalisreal.net
नेपाली समय
नेपालमा गरिवी संख्या ७० लाख मा झर्यो | इस्लामिक धर्म ग्रन्थ कुरान जलाउने कार्यक्रम रद्द | राष्ट्रिय जनमोर्चा नेपालको वैठकका निर्णय सार्वजनिक | नेपाल झैँ अमेरिकाको कोलोराडो शहर "तीज" पर्वले प्रफुल्लित | पुजारी नाच्दा इन्टरनेटमा हल्लीखल्ली | मायाँजालमा पार्न अपहरणको नाटक | कोकाकोलामा किरा | फोहोर फेरी वजारमै थुप्रिने निश्चित | तीज विशेष सांस्कृतिक कार्यक्रमकोलागि कलाकारहरु इजरायलकोलागि प्रस्थान, शनिवारको कार्यक्रम पनि नमाल तेलअभिव मै गरिने | सम्पर्कविहीन इन्जिनियर चितवनमा भेटिए |
 
समुह
-खुसी मैनाली, इजरायल
-सीता बराल
नयन्द्र चेम्जोङ, इजरायल



अनलाईन जनमत
अझैपनि नेपाली कामदारको लागि इजरायलले भिषा खुल्ला नगर्नुको मुख्य कारण के हुन सक्छ ?
नेपाल सरकारको लाचारिपन
नेपाली कामदारको असक्षमता
इजरायललाई कामदारको आवश्यकता नपर्नु
 
अनलाईन रेडियो
अनलाईन समाचार
नेपाली पत्रपत्रिका
 
नेपाली राजदुतावास इजरायल र हाम्रो गुनासो - नवराज खड्का, हाल इजरायल
  
[2010-03-08]

 

 

 

-नवराज खड्का, हाल इजरायल

कुनैपनि देशको नागरिक आफ्नो मातृभूमी छोडेर कुनैपनि कारणले प्रवासमा रहनुपर्दा स्वभाविक रुपमा उसले अविभाकत्वको खाँचो महसुस गरिरहेको हुन्छ भने उनीहरुले विभिन्न समस्या र  दुख कष्टहरु समेत झेलिरहेका हुन्छन्  जसलाई  आफ्नो देशको नागरिकको हैसियतले सम्वन्धित राष्ट्रले नियाल्नुपर्ने हुन्छ  भने यस किसिमका समस्याहरुलाई न्यूनिकरण गर्नेदेखि आफ्नो देशका नागरिकको सुरक्षा र रेखदेश लगायत कुनै एक देशले अर्को देशसँग सुमधुर सम्वन्ध स्थिपित गरी आपसी सरसहयोग र हातेमालोमा अन्तराष्ट्रिय नियम कानुन अनुसार सरकारको प्रतिनिधिको रुपमा एकदेशले अर्को देशमा दुतावास राख्ने गर्दछ । यसै पृष्ठभूमिको सेरोफेरोमा इजरायलमापनि करिव ३ बर्ष अगाडि अर्थात १३ अगस्त २००७ का दिन नेपाली राजदुतावासको स्थापना भएको हो

आफ्नो स्थापनाकालदेखि हालसम्म आफ्नो उद्देश्यमा कति सफलताहरु हातलागेइजरायलमा कार्यरत नेपाली कामदारहरुको समस्या र पहिचानकोबीच नेपाली दुतावासले इजरायल सरकारसँग के कस्ता पहलकदमी ग-यो ? र कति उपलव्धिमूलक भयो ? भन्ने कुरा नेपाली राजदुतावासमा नै सिमित छ । ती उपलव्धिहरु समस्त इजरायलबासी नेपालीहरुलाई कुनैपनि माध्यमबाट जानकारी गराइएमा अनुत्तरित मनका कौतुहलता पुराहुने थिए भन्ने पंतिकारको अपेक्षा छ । इजरायल सरकारसँग पहल गरेर आफ्ना कामदारहरुको समस्याहरु हल गर्दै सुविधाहरु विस्तार गर्न त्यति सजिलो नभएपनि नेपाली दुतावास इजरायलले नेपाल सरकारको प्रतिनिधी र तमाम इजरायलबासी नेपालीहरुको अविभावकको हैसियतले दुतावासको तर्फबाट आफ्नो नागरिकहरुलाई आधारभुत रुपमा प्रदान गर्नुपर्ने सेवा सुविधाहरु तथ्यपरक ढंगले सर्वसुलभ र सुविधायुक्त बनाउन कन्जुस गर्न हुँदैन । जनताले तिरेको करबाट नै नेपाली दुतावास स्थापित र संचालित छ र हामीले उनीहरुको पिर मर्कालाई निसन्देह पहिलो प्रार्थमिकतामा राख्नुपर्छ भन्ने भावनाले राजदुतावास प्रेरित हुनुपर्दछ ।

इजरायलमा नेपाली राजदुतावासको स्थापना कालदेखिनै सोमबारदेखि शुक्रवारसम्म पाँचदिन खुल्ला गरिने र शनिवारदेखि आइतवारसम्म दुइदिन वन्द रहनेगरेको छ भने इजरायलमा काम गरिरहेका नेपालीहरुले हप्तामा पाउने विदा शुक्रवारदेखि शनिबारसम्म वा शनिवारदेखि आइतवारसम्म कुनै एकदिन पाउने गर्दछन् । शुक्रवारदेखि शनिवारसम्मको विदा पाउनेहरु दुतावास रहेको स्थान तेलअभिव शहरको नजिकमा कामगर्नेहरु शुक्रवार दिउसो २ देखि ३ बजेसम्म र अन्य स्थानमा कामगर्नेहरु स्थानको दुरी अनुसार दुतावाससम्वन्धि आफ्नो काम लिएर दुतावास जानुपर्दा दिउसोको ३:३० देखि ४:३० बजेसम्म मात्र दुतावासमा पुग्न सम्भव हुन्छ कतिपय अधिक टाढा रहेका स्थानहरुबाट वेलुकीमात्र तेलअभिव आइपुग्न सकिन्छ । केहि समय बाँकी रहँदा दुतावास पुग्नेहरुपनि पुग्नासाथको भलाकुसारीपछि कार्यालय बन्दगर्ने समय हुन्छ र उक्त दिन तत्सम्वन्धि काम पुरा हुन सक्दैन भने शनिवारदेखि आइतावारसम्म विदा हुनेहरुले त नेपाली दुतावास नै देख्ने संभावना रहँदैन । यस्तो विद्यमान परिस्थितिको वावजुध यहाँरहेका कुनैपनि नेपालीहरुले दुतावाससँग सरोकार रहेका आफ्नो कामकोलागि नेपाली दुतावास जानुपर्दा आफ्नो विदाको सदुपयोग र औचित्य नभई विदाको दिन वाहेक अन्य कुनैदिन विदा लिनुपर्ने वाध्यता सबैका सामु छर्लङ्ग छ भने उक्त विदा आफुले चाहेको बेलामा घरधनी या मालिकबाट पाउन निकै कठिन हुने गर्दछ र मुस्किलले विदा पाएको अवस्थामामा पनि वोझिलो र खर्चिलो बनिरहेको तथ्य हामीबाट छिप्न सक्दैन यो समस्यालाई मध्यनजर गर्दै प्रवासी नेपाली नागरिक समाज, इजरायल (Migrant Nepalese Civil Society, Israel) ले १९ अगस्त २००९ का दिन नेपाली दुतावासको कार्यालय, तेलअभिवमा आइतवारको दिनपनि दुतावास खुल्ला गरिपाउँ भनी निवेदन पत्र पेश गरी सम्भव भएसम्म इजरायलमा रहेका सबै नेपाली साथीहरु र इजरायलमा रहेका प्राय: सबै नेपाली संघ संगठनहरु माझ प्रचारप्रसार सहित आइतवारको दिन नेपाली दुतावास खुल्ला गर्ने विषयमा समर्थन वा विरोधमा कारणसहित मत जाहेर गर्न सार्वजनिक सुचना गरिएको थियो भने सोही विषयमा इजरायलबाट संचालित एकमात्र नेपाली अनलाइन न्यूज मिडिया नेपाल इजरायल डट नेटमा "नेपाली राजदुतावास इजरायल आइतवारको दिन पनि खुल्ला गरिनुपर्ने माग तपाँइलाई कस्तो लाग्यो ?" भनी मत सर्वेक्षण राखिएको थियो । साथै सोही विषयमै राजदुतावाससँगपनि माग पुरा गराउन पटक पटक टेलिफोन वार्ता गरेका थियौ तर दुतावासले टेलिफोन वार्तामा उक्त मागलाई आलटाल गरी पन्छाउन खोजेकोले प्रवासी नेपाली नागरिक समाज, इजरायलको पहलमा गैर आवासिय नेपाली सँघ समन्वय परिषद, इजरायल लगायत कामदार सहयोगी मञ्च इजरायल, नेपाली नारी आवाज, नेपाली समाज लगायतका संघ संस्थाहरुसँग  सहयोग र हातेमालोको लागि पहल गरी फलस्वरुप प्राय: सबै संघ संगठनहरुका प्रतिनिधिहरुसहितको टोली ३० अक्टुवर २००९ शुक्रवारकादिन नेपाली दुतावास इजरायलमा वृहत छलफलकोलागि उपस्थित थियौं । व्यापक छलफलका साथ यी सबै कुराहरुलाई दुतावास समक्ष विनम्र अनुरोध गरिएतापनि नेपाली दुतावासको तर्फबाट आइतवार र शुक्रवार दुवै दिन खुल्ला गर्न असमर्थता जनाउदै शुक्रवार र आइतावर मध्य कुनै एकदिन खुल्ला गर्न सकिने र त्यसकोलागि गैर आवासिय नेपाली सँघ समन्वय परिषद(NRNA) लगायत इजरायलमा रहेका सम्पूर्ण संघ संस्थाहरुले इजरायलमा कार्यरत नेपाली कामदारहरुकोबीच यथाशक्य राय संकलन गरी  आधाकारिक धारणा सहितको अन्तिम निर्णय दुतावासमा पेश गर्ने निश्कर्ष भए अनुसार हाल, NRNA लगयात इजरायलका सरोकारवाला सबै संघ संगठनहरुले मौखिक वा लिखित रुपनमा शुक्रवार भन्दा आइतवारकोदिन नै दुतावास खुल्ला गर्दा इजरायलमा कार्यरत अत्यधिक नेपाली कामदारको हितहुने कुरा तथ्यमा आधारित भएको उल्लेख छ । किनभने यस्तो अवस्थामा शुक्रवारदेखि शनिवारसम्म विदाहुनेहरुले पनि दुतावास सम्वन्धी आफ्नो काम परेको वेला शुक्रवारको विदाको सट्टामा आफ्नो इम्प्लोयरसँग अनुरोध गरी शनिवारदेखि आइतवारसम्म मिलाउन सक्ने र चाडपर्वको विदासमेत सट्टामा आइतवार लिन सक्ने अवस्था रहन्छ भने शनिवारदेखि आइतवारसम्म विदा हुनेहरु प्रत्यक्ष लाभान्वित हुने हुनाले शुक्रवारको सट्टा आइतवार दुतावास खुल्ला गर्न नेपाली दुतावासले यो वा त्यो को झिनो वहानामा आलटाल गरी टार्न खोज्नु वा ढिला गर्नु नेपाली कामदारहरु माथिको थप अन्याय हुनेछ भने यस्ता व्यवहारिक र आधारभुत समस्याहरुलाई आफ्नो अविभावकको हैसियतले दुतावासमा निराकरणकोलागि लिएर जाँदा विभेदपूर्ण दृष्टिले मूल्याङ्कन र व्यवहार गरिनु निरंकुस एकदलिय पञ्चायती व्यवस्थाको अवशेषको एक झल्को हुन सक्दछ । त्यसैले यो पंतिकार नेपाली राजदुतावास, इजरायलसँग यो सविनय अनुरोध गर्दछ की हाम्रो देश नेपाल अहिले सँघिय गणतन्त्रको नक्शा कोरिरहेको वेला दुतावासले आफ्नो तथ्यहिन एकोहोरो अडान छोडी लोकतान्त्रिक मूल्य र मान्यता अनुसार आफ्ना प्रवासी नागरिकहरुको न्यायिक आवाजलाई विरोध र अवरोधको रुपमा नहेरी सुझाव र सहयोगको रुपमा हेरिदिनु पर्दछ अन्यथा दुतावासले शुक्रवारको दिन विदामा जन कामदारहरु छिटामा एक बजे नभए २ देखि ३ बजे इम्प्लोयरको घरबाट निस्कने र कामगर्ने स्थानको दुरी अनुसार बस चढेर दुतावास पुग्दा कार्यालय समय सकिने स्थितीमा कसरी इजरायलका धेरै भन्दा धेरै नेपाली कामदारहरुलाई शुक्रवारको दिन राहत पुगिरहेको छ दुतावासले तथ्यमा आधारित भएर पुष्टि गर्न आवश्यक छ भने इजरायलमा रहेका तपाँइ सम्पूर्ण आदरणिय नेपाली महिला तथा पुरुष मित्रहरुले यो विषयलाई व्यक्तिगत स्वार्थ र कुनै संघ संगठनको जस अवजससँघ नगाँसी सामुहिक समस्या र सामुहिक हितमा विश्लेषण र ग्रहण गरी वास्तविकतामा मत जाहेर गर्न पछि पर्नुहुनेछैन भन्नेमा यो पंतिकार विश्वस्त छ ।

 

माथि उल्लेख गरिए अनुसार नेपाल इजरायल डट नेटमा राखिएको यो विषयको मत सर्वेक्षणमा आइतवारको दिन दुतावास खुल्ला गर्दा अत्युत्तम हुन्छ भन्ने पक्षमा अत्याधिक ७४ प्रतिशत भन्दा वढि मत प्राप्त गरेको थियो भने प्रवासी नेपाली नागरिक समाज (Migrant Nepalese Civil Society), इजरायलले गरेको आह्वान र दुतावासले दिएको निश्कर्ष अनुसार NRNA लगायत इजरायलमा रहेका सबै नेपाली सँघ संगठनहरुले शुक्रवारको दिन भन्दा आइतवारको दिन दुतावास खुल्ला रहँदा अधिकांश नेपाली कामदारहरुकोलागि हितकर हुने अन्तिम निर्णय दुतावासमा पेश गरिसकेको स्थितिमा पनि आइतावारको दिन दुतावास खुल्ला गर्न ढिलाइ गरिनुले स्वयं नेपाली राजदुतावास मात्र यो विषयको विपक्षमा रहेको प्रमाणित हुन्छ । हालसम्म दुतावासले यो विषयसँग सरोकार राखी इजरायलमा रहेका नेपाली कामदारहरुमाझ कुनै अन्तरक्रिया र छलफलसम्म नचलाउनु, यो मागलाई संवोधन गरेर कुनै सुचना तथा विज्ञप्तिसम्म ननिकाल्नुले नेपाली दुतावास इजरायलको नागरिकप्रतिको दायित्व उदाङ्गिएको प्रतित हुन्छ । इजरायलमा रहेका सबै नेपाली कामदारहरुको कामको प्रकृति, अवस्था, सेवा तथा सुविधाहरु र समस्याकोबारेमा नेपाली राजदुतावास प्रत्यक्ष जानकार हुँदाहुँदै नागरिकसँग सरोकार राख्ने आधारभुत समस्याहरुको बारेमा वहिरो र अन्धो वन्न खोज्नु नितान्त दुखको कुरा हो । होइन भने इजरायलमा नेपाली दुतावास स्थापना हुनुभन्दा अगाडि कामपरेको बेला जोर्डनमा रहेको नेपाली दुतावासमा गई काम गराएर फर्कनु र हाल इजरायलमा रहेको नेपली दुतावासमा आफ्नो काम लिएर जानुपर्दा विदाको समयको सदुपयोग हुन नसकी छुट्टै विदा लिनुपर्ने वाध्यता रहनुमा तात्विक भिन्नता देखिदैन भने किन र केकालागि इजरायलमा नेपाली दुतावास भन्ने प्रश्नहरु उव्जिने गर्दछन् ।

 

(लेखक प्रवासी नेपाली नागरिक समाज, इजरायलका अध्यक्ष हुनुहुन्छ ।)

Print     Email 
प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
     
प्रतिक्रियाहरु
jamuna pandea (pandej@yahoo.com),telaviv
helooooooo nabaraji aba aru nepali haru neta banera hide ani j garnu thio duniya nepali lai tahge aba tapai ko jasrai maobadi le yudda garera now thulo parti bann saphal bhayako jastai nepali rajdutabas lai aphano hat ma lina khajnu bhayako jasto ghamanda 6 ni ta tapai ko nagarika samaj ko ho k tapai ko isara ma 200000 nepali chalnu parne ta hoina ni so aphano mattra ghamanda nadekhaunu hola sara duniyako agadi chinine kosis nagarnu pheri tapai lai pani chrinjibi pande ko jastai halat khepnu naparla bhann sakidaina hola
sushan (susanjan@yahoo.com),Israel
Hey Jamuna kasto kishimko nete ko kura gareko timile ? Kehi garne man6e ra kehi garna khojne man6eko khutta tanne ta Nepaliko habbit nai ho tyesai kurako examle timi bandai chhau. sayed timi Israelma raheka aru kunai sangh sansthako benam member huna sakchheu timi tyesaile daha pokhyau.j bhaya pani nabaraj bro keep it up nepal ra nepaliko hitma kaam garne jamarko gareko ma tapailai koti koti salam .best of luck bye bye
jangbuti sherpa (jang@yahoo.com),tlv;israel
he!jamuna ji tapai sakkali jamuna jasto lagena khayar je vae pani niyatle comment garne kam nagarnu hola.sunday mbc khulda ko thagine vayo?ko kasari neta hune vayo?ani yo articlema nabaraj ji le k ghamanda dekhaunu vaeko chha?satya kuralai chhopne dussahas nagara hoina vane yo lekhakle kina kutai khane?himmat vae sakkali anuhar dekhaera bahira aau please.
Usha Niraula (ushaniraula72@yahoo.com),jerusalem
Dai namaskar hajurko jasti sochha sabai ko hune ho bhane k hune tiyo hola hamro des ane hami neplai.nepalma pani sarbajanik bida saturday nai hun6 ra israelma pani friday saturday thikai ho tara sunday chahi kulnu par6.yaskura ma nepal sarkarle pani chaso dekhaow bhane mero pani anurod 6.keep it da best of luck ...sayad hajurko lekhale hamro problem solve hun6 ki we hope so thanks.
chandra kala gautam (imcgautam@yahoo.com),rehovot
Nabaraj ji,, lagirahnus hamro sath 6a tapai harulai. yo ramro kura ho. yes bata hami (nepali) haru lai subida hun6a bhane kina na garne?? M Be Si le? 2 din nai chhuti chahine ho bhane friday ra saturday liunna chhuti kehi 6en but sunday khulla garidiye bhane hami worker haru lai sajilo... 99% hami worker chhau,,hamro hitlai dhan nadine ra aafnu khusi office time fix garne ho bhane hami lai kina chaiyo Israel ma Am Be Si.. feri Nepalko niyemma pani sunday chhuti chhaina,,Israel ko ma pani chhaina. aafna jananta,,tapaiko bhasama santati haru lai subida dina nasakne Ambesdar kina chaiyo hamilai. yini haru na bhaye pani Nepali worker mareka thiyenan Israelma. ho kathinai thiyo ,,tyo kathinai kam hunna bhane Israelma bhayeko M Be Si ko ke aartha??/ Aba kura garau JamunaPandea ko uha lai M Be Si ko mahatwa thachhaina.tesaile t murkha kura garnu bhayeko 6a. uha lai testo aafthearo pareko 6en,,jaba par6a ani aafnu comment ma pa6utaunu hun6a ..
raj (raj_sharma2233@yahoo.com),rehovot israel
Great!ekai sabdama vannu parda tapaiko yo soch ra vawanako kadaar gardai paramarsa ko bato vaninchha tara ehi vawana lai smaran garera bartaman ma lagu garne ho vane paropakar ko bisaya bandachha taki yathharthata farak nahune ho vane so thanks alots for the your heartest and helpful statement.
thagendra acharya (sharmatp66),nuwakot 8 arghakhanchi
nabraj ji,jo issue uthaunu vako6 tesma sabai nepali ko nihit nai6,tathapi,protocol,sarkari kayda afnai hun6an..but ascharyajanak,hasyapad k6 vane,jo desh ma friday,saturday vida hun6(israel,nepal)tehi desh,ra desh ka le sunday,monday vida gar6an,yedi protocol ko kura garne ho vane,israel sarkar ka karlay khula vaeko bela ra israeli ra nepali lai jarurat pareko bela dutabas band hun6 vane kina chahiyo dutabas...navraj ji,yo issue videsh mantralaya ma uthaunu parne dekhin6..tesko lagi pahal garau..hajurle vane jhai nepali buerocracy ma ajai pani panchayeti kal ko dhamiro yathabat6..yiniharulai hamro khancho k hi 6aina..hindi ma auta ukhan6 laton ke bhoot baton se nahin jagte.. kalo moso naghasi hamra samasya samadhan hudainan..k garne ho ran-niti banaunu..yamuna ma hami bagdainau..tarna janeka 6au..sajilai par lane 6au......
S.M (khadkakishor17),dubai
hi,jamuna ji namaskar!sarbaprathamta tapai vitra vayako manabtalai lakhau-lakh dhanyabad!!tapaika asta mahan bicharulai manabtako haisiyatle WELCOM.k sochnu vayako chha han aafule aafuli!khunkhar netagiri wa dadagiri.tapai je jasto vayapani aafnai thauma rahidiya ramro hunethiyoki please!kina vane tapaiko aasli rupa sabaile chine sake tesaile sajagta aapanaununai upauukta hola.
manita sitaula (manitasitaula@yahoo.com),telaviv,childrenpark.
HI nepalisathi haru ho hamro samasaya haru ramrosita nepali embessy mapugikehihunchhake bhani navaraj jilay utaunubhayako kura ramrothiyo uhapani1nepal ho yahakohi raja mantri ko chora chori kamgarna ako6ina teskaran arka lai gali gari thulo hunubhayak sathi harulai paila afno muk isreali ko gharma rakako thulo ainama gayara hernu bhanna chanchhu,ani arkako lakeman naparneelay comment na garnu ni garinchha bhane saralbhasa ma garnuni,afno,babu,daju,bhai,ani bhustigray poi pani holanighar ma uniharulai randikachora bhanda aflai kasto feeling hola?anisakinchha bhanee computer jatro photo hali netma afupani aunee kosisgarnu natra aruko daharis,nagarnu.hamisabai nepali chorachoriharu ho.dhak dhakku na lagaunu.la navaraj ji badhai6tapaikolekhlai bye.
shiva maharjan (shiva_m@yahoo.com),netibot
he nabaraj ji ani tapai haru saba sunday 6utti hune haru le mattra yo aviyan chalaune ani hami friday 6utti hune haru le pani alik chado 6uttio liar kam garna sakintho tara sunday ko lagi ta hamro pani ta employar haru le 6utti didaina ni ta ani k sabai lai hernu par6 ni ta tapai le sat sunday 6utti line dherai 6 ki friday 6utti line nepali dherai 6 bichar garnu ni .malai ta tapai ko yaktharphi lide dhipi ko kura man paren ani hami markla ma pardai k tapaile dinu hun6 6utti hamro eployar tapai ayar heridinu hun6 .aba ash ko lagi prtchhya rupa ma janmat sangra garnu par6 tara banawoti raup ma kagaj ma mattra garrera hoina maile sundai 6u ki nagarik samaj ka member sabai ko sunday 6utti 6 re so asto garna lageko re so khabardar sabai ko marka bujhne garnu .
bhawani Prasad (bhawani039@gmail.com),Isrrael
Nagarik samaj israel le uthayeko yo maag atyentai jaruri bhairaheko kura ho. maile yeha dherai sathibhaika thari thari tarka bitarkaharu padhe tara bastabikata lai nabujheka sathiharu haru pani dekhe . lekhak le bhane jastai sunday ko dina Embassy Khulla huda atyadhik Kaamdarle subidha paune ma sankai garnu pardaina kina bhane telaviv ko oripari basne sukrabarko bida bhayeka ra free visa lagayera baseka 4 jana nepalile chadai gayera aafno kaam garauna sakchhan bhane ti 4 janako name ma sabai nepali le subidha paye bhanne hudaina feri tinai 4 jana nepali haru madhya pani katile pauchhan ta friday chadai bida ? atleast 2 or 3 baje bhanda chadai Bida pauna muskil hunchha bhane shiva bhanne manchhe jasto swarthi man6eko gobar bhariyeko dimag le ek patak israelko northe side lagayet anye adhikamsha thauka kaamdar haru Chadai bida pauchhan ra Embassyma gayera kaam sultauna sakchhan bhannu ramro kaam garna khojneko khutta tannu matra ho tyesaile Hey Shiva ek patak thanda dimag lagaunai parchha sachai po ho ki bhanera ani matra coment lekhnu parchha natra yesari nachahine bahula kura garera coment nalekha
sangita ghimire (sangita),Nahariyay
Nawaraj ji namaste ! hajurle yo article yaha publish garer dherai nai rammro garnu bhayo..kina ki yaha aaune dherai comments bata pani hamilaai kun din ambussy open huda sajilo parchha bhanne kura thaha paauna sajilo ra support milchhaisrael maa kaam garne worker haru telaviv maa matrai nabhayer israel bhari nai chhariyer basekaa chhanyasto kura lai madhya najar garne ho bhane ambussy Sunday nai open hunu dherai rammro huncha..hami north maa kam garne worker haru lai ta Sundayko dina pani telaviv gayer kam saker aaphno kaam maa pharkinu bhaneko dherai nai gaaro pardachha bhane aba yasto abastha maa Friday ambussy janu bhaneko ta impossible nai huncha.tyahi bhayer sabai worker ko samashyaa lai bujhera ambussy khullaa garne ho bhane Sunday ko din nai rammro hunechha..
hari kumar pandey (hkpandey2010@yahoo.com),telaviv israel.
hello and hi navaraj khadka ji,namastay.tapaiko isreal mastaphana,bhayako nepali embessy,lay nepali kamdar haru ko hitra,sahayog.kolagi leknu bhayako.lekh sarai,ramro lagyo tapailay afnolagi matra na bhayara sampurna isreal basi hami kamdar lai suhaudo ra atiuttam kuragari,pahalgari agadi badauna kosis garnu tyo hami jasta kolagi,upalabdi ko kura ho,sayad hola na hola tara tapailay,1biswash rahimmatlay leknu bhayo hamiharu tapailai sakdo sahayog garcham,mathi 1,2,janasathiharulay lekako comment herdalekna manlagi lekako6u nadaraunus lekna bolna sabailay pauchhalakdai ma kohi neta wa baristha hudaina jasko man kamjor 6teslay naramro commentgarcha arukolekhlai manparaudaina yo hamrohit kolagi bolnubhayako kura ho dhanyabad6hajurlai hamitapailaisadai ramro manchayra helpfull imander 1nepal bhayara chinna chancham isreal ma sabai ko afnoafno swartha6 jaslaipani taha bhayako kura ho teskaran afnokam garnus arulai sakakohelp gari ramrogarnus aniisreal ma nepali embessy lay malai afno samasya parda helpgarako thiyo ma jasta arulai pani yesto help hunchha,bhanne asa linchhu,ani iseal ma nepali embessy hamro hit ko lagi ayako ho isreali people ko lagi ako hoina dhukka bhayara hamilay embessy ko maj hamrosaja samasya lanuparchha aniarudin banda bhayapani sunday khulla huda sabaiko hit hunchha tes ma kunai sanka 6ina ramro lekh raichha kasai ko dhak dhamkisanga na daraunus hamipani nepali bir ko chora chori ho,2,4 acher hamlay pani padako6.hamisanga panitapailai help garnee sathi haru 6 chinta na garnus,,lakdi janus.thankyou.bye
sirjana situla (sirju_situla@yahoo.com),hifa israel
k ko natak ho randi ka 6ora haru ko eployarko tenson bujhidine kohi hoina neta banne chor haru buda budi le hamilai diako dukha pani ashai gari lekhane garnu ni ani k hi slov ko upaya khojnu nepali haru ko lagi asho salary ko barem amathillo taha samm kura rakhera badhauna lagaunu ni kam 6ina chor haru net ma photo rakhera chiniar matrai hun6 ki k ho mero budi le rat bhari sutna dinna asta kayau 6n nepali ko problem kasle gar6 yo samadhan ha daka ho.
tej bahadur shrestha (tejsher@yahoo.com),Israel
In fact it is the voice of majority nepalese workers of israel.hope our embassy will take it positively.we need patience.thanks
kishor nepali (kishor06@yahoo.com),ramatgan,israel
sirjana ji namaskar ani koti koti pranam hai kina ki tapai jasto maha randiko darsan garna paekoma.randi matra vaeko vae ali ali kura bujhna saktheu hola dhanda thulo vaekole yasto vaeko ho timro dimag ma besyabriti matra vaekole dimag thik dekhiena ali control gara.dherai keta ferdai nahida aidsle vete jasto chha.be careful.
International Gafadee (bhannakhojakokaho@yahoo.com),Israel
(????? ??? ????? ???? ?????????? ?????? ??????? ????? ???????????? ?????? ??? ?????????? ?????????? ??????).Yo tapai lay nai lakhnu va koho.Tapai Balabiet ho?Yaha tanna khana nadeeyako belama yo din ko sato tyo din bida day bhanda kaha din6?Yesta guf na hannus.Teso bhaya saturday bida lina mancha lay friday lida tapai ko ka jancha ????Ho yesta problem solve garna khojnay ho bhana equally benifit hunay kura garnus.Bahumat ko kura nagarnus tapai haru ko bahumaat 3 barsa dekhi hardai aayako chu.Saknu huncha bhana Sunday Panee kholnay banaunus,haina bhana Internet bata service dina idea nekalnus.Aaja israel ma Electrical media bata harak kam huncha,Ghar ma basi basi 80% jati kam huncha.Kina yesto subeedha nepali haru lay pauna sakeedaina??Baru yo kura maa bichar garna Embassy lay force garnus la.Sabai ko jay hos.
digdarsan (no),newyork usa
nabraj ji sanglo ma badhe ko kukur le pani bhuki raheko hun6 ni hoina ra.so asto mattra nahos tapai ko lekh pani.
raaji shrestha (raj33900@yahoo.com),telaviv
khadka ji tapaile israel embassy ko gunaso bare lekhanuvayeko kura atyenta sandarvik lagyo..thank you very much,haami kaamdar ko kura nepali embassy le sundaina vane eniharu k khana yaha basne???naya nepali kaam dar lyauna enihar le k k pahal gare???jhan embassy aaye pachi nepali naya am dar vitryuna eiharu aasafal vaye so,aba hamiharu ko laagi friday /saturday office khulauna sakdainan vane nepali janatako pasina (talab vat ta )khayera kina basne???baru yesto artha hin embassy nepal firta huu par6 vanera feri voting garne ho ki???
pabitra subedi (subedi22@yahoo.com),ramatgan
nabaraj ji namaskar tapaile lekhnu vaeko yo article sarai chitta bujhne ra satyama aadharit chha thanks alot.tapaiko kalam sadhai unnatiko batoma lagi rahos ra sabaiko hit garos ani yo samasyalai nepali dutabasle aatmasat garos vanne kamana gardachhu.
zonke grup (no),no
heloooooooo khada bro freee time ma time pas gareko ho ki tapaiko lekh le thau pau6 ta .
yamgurung(gurung samaj,israel) (yamgurung19@yahoo.com),tlv
Dai namaskar hajurko jasti sochha sabai ko hune ho bhane k hune tiyo hola hamro des ane hami neplai.nepalma pani sarbajanik bida saturday nai hun6 ra israelma pani friday saturday thikai ho tara sunday chahi kulnu par6.yaskura ma nepal sarkarle pani chaso dekhaow bhane mero pani anurod 6.keep it da best of luck ...sayad hajurko lekhale hamro problem solve hun6 ki we hope so thanks.
समूह :लेख तथा रचनाहरु
1.Teej in Nepal - RAJAN (GHAYAL), DOHA QATAR    (2010-09-08)
2.हे मानव सत्य खोज ! - बसन्त मोहन अधिकारी - यूएई    (2010-09-07)
3.नयाँ बिकल्पको खोजी - खुशी मैनाली, जनपथ टोल - १६, धरान    (2010-09-07)
4.म यस्तो श्रीमान मन पराउछु - रश्मी मैनाली, इजरायल    (2010-09-06)
5.रोश हा निक्रा एक परिचय - दौलत साकार, मिलाप मिनिष्ट्रिज, इजरायल    (2010-09-03)
6.किन इजरायलमा रहेका चेलीहरू नेपाली पुरूषहरूको आँखामा पर्छन् ? (टुँडाल उपन्यास र यसको समिक्षा) हरि मानन्धर "विवश"    (2010-08-29)
7.मरुभुमिमा मेरो साथी - संगिता घिमिरे, इजरायल    (2010-08-22)
8.A Love Story - Rashmi Mainali, Israel    (2010-08-21)
9.मेरो बिचारमा जिवन र भोगाई - रबिन्द्र छत्कुली, हाल दोह कतार    (2010-08-15)
10."नेपाली चौतारी र म" - पा. दौलत साकार, इजरायल    (2010-08-09)
11.सेना समायोजनभित्रको चलखेल - हरि नेपाली    (2010-08-07)
12.भाविको लेखाई भनुकी भाग्याको खेलनै...    (2010-08-01)
13.धन की स्वास्थ्य ? - तेज वहादुर श्रेष्ठ, इजरायल    (2010-08-01)
14.पहिलो रोजाई !! अमेरिका नै किन? पलायन हुनु कति जायज ?    (2010-08-01)
15.नेपालीहरुको सेवामा छो ख्यङ्ग गुन युवा साम्पाङ्ग - अर्जुन न्यौपाने, द. कोरिया    (2010-07-26)
16.साझा नेपाली चाडः साउने सङ्क्रान्ति अर्थात् सिसेःक्पा तङ्नाम - डी. बी. आङ्बुङ लिम्बू    (2010-07-17)
17.देश रोएको बेला - सीरा खनाल, इजरायल    (2010-07-15)
18.देश सेवा - गजेन्द्र खनाल    (2010-07-13)
19.नेपालको आदिवासीय दल संघीय मञ्चमा सिर्जित केही भ्रम र यथार्थता - डीबी आङ्बुङ    (2010-07-09)
20.यसो गरे कसो होला ? -नयन्द्र चेम्जोङ, धनकुटा, हाल इजरायल    (2010-07-04)
21.शेर्पा जातिको राज्य र चुनौतीहरू - टासी शेर्पा    (2010-07-03)
22.कति कठिन छ विदेशको बसाई - रबिन्द्र छत्कुली, दोहा कतार    (2010-06-29)
23."यर्दन नदी, र्देनित, गालिल ताल र नासरत शहर घुम्दा..."(जीवन यात्रा) -दौलत साकार, इस्रायल    (2010-06-27)
24.पञ्चायत गयो, गा'छैन, आयो अथवा आउँदैछ ?‏ - राम कुमार श्रेष्ठ    (2010-06-19)
25.जनताको अदालत बाट नेता कारवाही - श्रीराम कँडेल, निदरल्यान्ड्स    (2010-06-16)
 
2010-09-10 - 10:15:13
Currency Buying Selling
USD74.05 74.65 
GBP113.59 114.73 
CHF72.31 73.04 
EUR93.47 94.4 
JPY0.8744 0.8831 
AUD67.86 68.54 
CAD71.2 71.91 
SGD54.93 55.48 
HKD9.47 9.56 
CNY10.7 10.8 
more exchange rates...
उपयोगी लिङक्स
टेलिभिजनहरु
अंग्रेजी समाचारपत्र
© Copyright 2008, Contact us info@nepalisrael.net. All the Right reserved on nepalisrael.net