Nepalisreal.net
नेपाली समय
नेपालमा गरिवी संख्या ७० लाख मा झर्यो | इस्लामिक धर्म ग्रन्थ कुरान जलाउने कार्यक्रम रद्द | राष्ट्रिय जनमोर्चा नेपालको वैठकका निर्णय सार्वजनिक | नेपाल झैँ अमेरिकाको कोलोराडो शहर "तीज" पर्वले प्रफुल्लित | पुजारी नाच्दा इन्टरनेटमा हल्लीखल्ली | मायाँजालमा पार्न अपहरणको नाटक | कोकाकोलामा किरा | फोहोर फेरी वजारमै थुप्रिने निश्चित | तीज विशेष सांस्कृतिक कार्यक्रमकोलागि कलाकारहरु इजरायलकोलागि प्रस्थान, शनिवारको कार्यक्रम पनि नमाल तेलअभिव मै गरिने | सम्पर्कविहीन इन्जिनियर चितवनमा भेटिए |
 
समुह
-खुसी मैनाली, इजरायल
-सीता बराल
नयन्द्र चेम्जोङ, इजरायल



अनलाईन जनमत
अझैपनि नेपाली कामदारको लागि इजरायलले भिषा खुल्ला नगर्नुको मुख्य कारण के हुन सक्छ ?
नेपाल सरकारको लाचारिपन
नेपाली कामदारको असक्षमता
इजरायललाई कामदारको आवश्यकता नपर्नु
 
अनलाईन रेडियो
अनलाईन समाचार
नेपाली पत्रपत्रिका
 
"असफल जीवनको सफल यात्रा" - संगीता घिमिरे, हाल इजरायल
  
[2010-03-05]

संगीता घिमिरे, ललितपुर - हाल इजरायल

कसैले माया गरेर दिएको उपनाम हो "सानु" उनको यो उपनामसँग उनी धेरै नजिक भएको अनुभव गर्छिन् सम्बन्धले उनी बिबाहित हुन् साथमा एक छोरा एक छोरी छन् उमेरले पनि पछि बिस बसन्त अब पार गरेकी छिन् सानो  उमेरदेखि नै दु: कष्टमा रमाउने आदत नै परिसकेको सानुलाई सबै कुरालाई साधारण रुपमा नै लिन्छिन् उनी  उनलाई यस्तो लाग्छ की संसारमा यस्तो कुनै कुरा छैन जसका लागि उनी मरिहत्ते गरुन् सायद समयले उनीलाई ठूलो चोट दियेको छ , जुन चोटले उनलाई धेरै कठोर निष्ठुरी बनाइदिएको छ मैले उनलाई धेरै पल्ट एकान्तमा टोलएर अन्त कतै हराइरहेको देखेको छु शायद उनी यस्तो पलको प्रतिक्षामा छिन् जुन पलको लागि उनी बर्षौदेखि तड्पिरहेकी छिन् भौँतारिरहेकी छिन् धेरै पल्ट सोध्ने कोसिस पनि नगरेको होइन मैले, तर सधैं एउटा एउटा बाहना बनाएर टारी हाल्छिन्

समयले दिएको विष पियेर भित्र-भित्रै जलिरहेकी छिन् जस्तो देखिन्छ तर भनेर कसैलाई पनि दुखाउन चाहान्नन् उनी अरुले दिएको अपमान बेइज्जत सजिलै स्वीकार गर्छिन् तर अरुको अपमान हुने कुरा गर्न परै जावस सोच्न पनि सक्दिनन् विवाह भएको , वर्षपछि नै आफ्नोबाट अलग्गिएर छुट्टै संसारमा जिउने जमर्को गरिन् तर नयाँ बाटो खोज्नेतर्फ कहिल्यै लागिनन् उमेरको हिसाबले भर्खरै २२, २३ पुगेकी हुँदिहुन् सानु परिवारबाट एक्लिँदा आफ्नैले लगाएको गलत आरोपको सिकार हुन पुगेर छुट्टिएकी हुन् सानु यही गलत आरोपले उनको सुन्दर संसारमा आगो लागेको थियो आगो पनि यसरी लगाइयो की उनको सुन्दर  संसार जलाउँदा खन्याइएको मट्टीतेलको जर्किनसमेत गायब पार्ने प्रयास गरियो केही सबुत थिएन सानुको हातमा निर्दोषी भएर पनि निर्दोषपन देखाउनलाई

निर्दोष मान्छेको मन नै हो सबै प्रमाण बाहिरी प्रमाणलाई जलाइन्छ नस्ट पारिन्छ या नस्ट पार्न प्रयास गरिन्छ तर मनभित्र भएको प्रमाण सँधै आफ्नो साथमा नै हुन्छ हुनेछ त्यही भएर सानुले आफू निर्दोष भएको कुनै सफाइ दिन चाहिनन् आफ्नो श्रीमानलाई पनि श्रीमानको आँखामा पनि मज्जाले कालो पट्टी बाँध्न सफल भए उहाँका आफन्तहरु तर पनि सानुले कुनै प्रतिकार गरिनन् आफू छुट्टिएर बसेको केही समयपछि नै श्रीमानले सौता भित्र्याएको खबरले नराम्रोसँग टुक्रिन पुगिन् उनी यो धोकेवाज संसारप्रति खुबै घृणा नलागेको होइन उनलाई मनमा यति नराम्रोसँग चोट परेको थियो की माओको बन्दुक बोकेर सबैलाई मार्ने अनि अन्त्यमा आफू पनि त्यहि मर्ने कुरासमेत मनमा नआएको होइन तर उनबाट त्यस्तो किन हुन सक्थ्यो ? किनकि जति नै दु: कस्ट सहनु परे पनि गलत बाटो कहीले रोजिनन् सानुले

उनलाई राम्रोसँग थाहा थियो कि गलत बाटोले केही बेर खुशी दिएपनि दीर्घकालीन सुख दिन सक्दैन भनेर गलत बाटोले मान्छेलाई गलत दिशातिर नै डोहो-याउँछ सही बाटो पैलाउन गाह्रो पक्कै हुन्छ तर सही बाटोले सधैं सही दिशा मा नै पुर्याउँछ सफल जिन्दगीको परिचय गराउँछ सानुले पनि त्यही गरिन् भन्नेले के के भनेनन् अब एक्लो भई त्यो कुनै केटा टिपेर हिँड्छे अब ती दुई कोपिलाले दु: पाउनसम्म पाउने भए बाउले पनि सौतेनी आमा भित्रायो अब आमाले पनि कुन नाठो टिपेर हिड्ने हो भन्दै गलल्ल्ल्ल्ल हाँसेको सुन्थिन् तर कहिल्यै पनि कसैको प्रतिकार गर्न गइनन् सानु को हुँ ? के हुँ ?  भन्ने कुरा सुनाउनु होइन गरेर देखाउनु थियो उनलाई

चेलिबेटीको लागि माइती घर सुखमा एक छाक मिठोसँग हाँसखेल गरेर खाने ठाउँ मात्रै हो दुःखमा साथ पाउने ठाउँ होइन विवाहपछि एउटै बुवाआमाको सन्तान पनि पराइ हुन पुग्छन् छोरीहरु विवाह गरेर पठाएपछि आफ्नो थाप्लोबाट ठूलो भारी बिसाएको महसुस गर्छन् आमाबुबाले पनि खै कसरी एक छोरी आमाबुबाको बोझ हुन पुग्छिन् यो कुरा आजसम्म आफैँले पनि बुझ्न सकिरेहकी छैन अब यस्तो परिस्थितिमा सानु माइतीको बोझ बनेर कहाँ बस्न सक्थिन् ? उनी एक साहसि र आँटीली स्वभावकी केटी थिइन् काखमा खेलाउने रहर नपुग्दै त्यो काखको छोरालाई आमाको जिम्मा लागएर काठमाडौं पस्ने निर्णय गरिन् सानुले तर त्यो दुधे बच्चालाई चटक्कै छाडेर हिँड्नु सजिलो भने थिएन तर सानुले आफ्नो मनलाई धेरै नै दरिलो बनाइ सकेकी थिइन् मैले केही गर्नु भने केही गुमाउनु पर्छ नै भन्ने सोच उनको मनमा थियो

अनि आमाको ममतालाई पछेउरीको आँचलमा गाठो पारेर मनभित्र मडारिएको हजारौं तुफानलाई पैतालाले कुल्चिँदै अगाडि बढिन् भर्खरै तोते बोली बोल्न लागेको छोराले मिमी भन्दै आँखाबाट बलिन्द्र धारा आँशु बगाउदै आफ्नो ममीको न्यानो काखलाई आफूबाट अलग हुन नदिन ती निर्दोष हातहरुले ममीको पाइला रोक्ने प्रयास गर्दैथिए तर सानुले आफ्नो मुटुमा पत्थर राखेर ती निर्दोष हातहरुलाई समेत अन्देखा गर्न वाध्य भइन्

उनी चढेको बसले आफ्नो गति लिन सुरु गर्यो बिस्तारै उनको आँखाबाट  सारा संसार ओझेल पर्दैगए सानुले मन थाम्न सक्ने अवस्था थिएन वरिपरी अन्धकार बीच केही थिएन भर्खरैसम्म छोरोले खेलेको उनको काख खाली थियो गानिएका छातीबाट दुधका सहस्र धारा बग्दै थिए भने आँखाबाट रगतरुपी आँशु बग्दै थिए बसभित्र वरिपरि बसेका मान्छे आफ्नै धुनमा मस्त थिए सानु भने आफ्नो अनिश्चित गन्तव्यको खोजीमा थिइन् साथमा एघार सय रुपैयाँ सिवाय आफूले लगाएको कपडा थियो

बसले आफ्नो गन्तब्य पूरा गर्यो सबै यात्रुले झै सानुले पनि यो यात्रालाई यहीं रोक्दै नयाँ गन्तव्यहिन यात्राकोलागि  पाइला चाल्नु थियो कहाँ जाने के खाने कुनै कुरा निश्चित थिएन एक मितेरी साइनो पर्ने आफन्तको घरमा आजको रातलाई विश्राम गर्ने निर्णयमा पुगिन् सानु छाती चर्किएको थियो दुधले लगाएको कपडा पूरै भिजेको थियो कसैले नदेख्ने गरी बाथरूमा गएर दुएर फालिन् कति गाह्रो भयो होला उनलाई त्यो पल सोच्न पनि सक्दिँन एउटी आमाको लागि यस्तो गर्नु भनेको मर्नु बराबर हुन्छ शायद सानु पनि पल-पल मरिन् होला यो मात्रै अनुभव गर्न सक्छु

यसरी सानुले हप्ता नै बिताइन् मितेनी आमाको घरमा यो हप्तामा धेरै ठाउँमा काम खोजिन् तर कहीँ पाउन सकिनन् गाउँकी सानु कम्प्युटर पनि चलाउन जान्दिन थिइन त्यहि भएर मितोनी ममीको घरमा नै बसेर कम्प्युटर सिक्ने विचार गरिन् त्यहिँबाट महिना कम्प्युटर सिकेपछि सानुले एउटा साइबर क्याफेमा काम पाइन् त्यो इन्टरनेटको संसार देखेर सानु दंग थिइन् च्याट गर्न पनि सिकिन् संगै काम गर्ने साथीबाट टाईप गर्न अति नै गाह्रो लाग्थ्यो सानुलाई बिस्तार बिस्तार सानुले काठमाडौंमा आफ्नो सानो बस्ने आधार बनाइन्

काठमाडौं आएको महिनापछि मात्रै सानु आफ्नो बाबु नानुलाई भेट्न गइन् घर आठ महिनापछि ममीलाई देख्दा बाबुले चिनेन सानुसँग जान नै मानेन यो पल सानु धेरै रोएकी थिइन्, जसका लागि आज यो संसारसँग लड्दै छिन् उही आफूसँग आउन मान्दैन अनि चिन्दैन भने कसका लागि लड्ने अब ? कसका लागि गर्ने यो दु: ? मन मनै टुक्रिइन् सानु तर केही बेरपछि बाबु आफै लुरुक्क आएर सानुको काखमा बस्यो यस्तोसँग टाँसियो कि साउनमा मान्छेको जिउमा जुका टाँसिए झैँ

सानुलाई यस्तो लाग्यो कि आमा बच्चाको नाता भनेको रगतसँग जोडिएको साइनो हो आमाले आफ्नो सन्तानलाई / महिना गर्भमा राखेर पाल्छिन्, आफू मरेर आफ्नो सन्तानलाई जन्म दिन्छिन् त्यहि भएर आमालाई आफ्नो सन्तानले १० कोष टाढा नै चिन्छन् रे यो सही हो जस्तो लाग्यो सानुको मनमा पनि   आठ/आठ महिनासम्म बाबु नानुसँग छुट्टिएर बस्दाको पीडालाई एकै पलमा भुलिन् बाबु नानुलाई साथ पाएर यसरी हप्ता बसेर फेरि काठमाडौं फर्किइन् काठमाडौं फर्किएपछि सानुले विदेश जाने निर्णय गरिन् किनकि नेपाल बसेर केही गर्न सकिएला जस्तो लागेन उनलाई किनकि उनी सँधै बाबु नानुसँग छुट्टिएर  बस्न चहान्नथिन् बाबु नानुको साथमा बसेर केही गर्ने निर्णय थियो सानुको यही निर्णय स्वरुप सानु विदेश लागिन् आफ्नै मेहनत बुवाको सहयोगले सानु विदेशी भूमिमा पाइला टेक्न सफल भइन्

तर विदेश जानुभन्दा पहिला सानुलाई आफ्नो बायोडाटा कागजात तयार गर्न केही समस्या परेको थियो बिबाहित भएका कारण श्रीमानको अनुमति बिना श्रम स्वीकृति नपाउने हुँदा सानुलाई केही समस्या परेको थियो तर सानुले श्रीमानलाई यसरी पत्र लेखिन्

"आदरणीय बाबा !

आरम छु हजुरमा पनि यही चाहन्छु अनी बाबुनानु घर परिवार सबैमा मेरो धेरै धेरै सम्झना माया ! धेरै कुरा यो पत्रबाट बताउन सक्दिन चाहन्न पनि आजसम्म हजुरलाई जे-जे मन लाग्यो त्यहि गर्दै जानुभयो तर मैले  कहिल्यै पनि  यो किन गर्नुभयो भनेर सोधिन अब पनि सोध्ने छैन किनकि मेरो मायाप्रति पूर्णरुपमा विश्वास गर्छु सधैं यसरी नै रहिरहनेछु चाहे हजुर मसँग हुनुहोस् या नहुनुहोस् मलाई केही फरक पर्दैन हजुरलाई जति पहिला माया गर्ने अहिले पनि त्यती नै गर्छु गरिनै रहनेछु

मेरो अधिकार किन लिन आइन भन्ने कुरा धेरैको मनमा उठेको रे भन्ने सुनेको छु कोही कोही यसो पनि भन्छन् रे त्यसको नै गल्ती किन लिन आउँछे कुन मुखले आउनु भनेर यो पत्रबाट यति मात्रै भन्न चाहन्छु कि मुख मेरो बिग्रेको छैन बिग्रने पनि छैन तर त्यो दिन उनीहरुको अनुहार पक्कै बिग्रने छ, जुन दिन मेरो खुट्टामा उभिएर मेरो बाबु नानुको साथमा त्यहि ठाउँमा उनीहरुको सामु उभिनेछु त्यहि भएर मैले विदेश जाने निर्णय गरेकी छु एम्बेसीमा मेरो भिसा रोकिएको आएर आफ्नो हस्ताक्षर गरिदिएर मेरो भिसा लिन सहयोग गरिदिनुहोला यदि अझै पनि सानु मेरो श्रीमती हो भन्ने लाग्छ भने यति काम गरिदिनु होला "

यो कुरा सानुको जेठाजु जेठानीहरुले पनि थाहा पाएछन् उनीहरुले भनेका थिए रे सानुको भिसा झिक्न जानु पर्दैन जेसुकै गरोस् भनेर तर सानुको श्रीमानले भन्नु भएछ  - मैले अन्जानमा ठूलो गल्ती गरिसकेको छु अब मैले गरेको गल्ती सुधार्ने मौका पाएको छु भने पछि हट्ने छैन भन्दै काठमाडौं आएर सानुको भिसा निकल्दिनु भयो

झन्नै , वर्षपछि आफ्नो श्रीमानलाई आफ्नो सामु देख्दा विश्वास लागेको थिएन उनलाई दुबै जना बोल्न सक्ने अवस्थामा थिएनन् मनभित्र हजार कुरा थिए तर पनि दुबै मौन थिए सानुलाई लागेको थियो कि उनका श्रीमान काम सकेपछि बाटो लाग्नु हुन्छ होला भन्ने त्यहि भएर उनी सरासर बसतिर लागिन् तर उनलाई पछाडिबाट "सानु मलाई तिम्रो कोठामा लैजान्नौ"  भन्ने  आफ्नो बुढाको बोली सुनेर दंग परिन् उनले भनिन् "जानु हुन्छ भने सधैं वेलकम हजुरलाई मेरो कोठामा ।" अनि दुबै जना ट्याक्सीबाट कोठामा पुगे सानुलाई  यही मौका हो मेरो मनमा लागेको सबै प्रश्न सोध्ने जस्तो लाग्यो भनि हालिन् - "अब परिवारमा सबै खुशी हुनुहुन्छ होला मान्छे नै खत्तम थिएँ कुनै राम्रो गर्न सकिन त्यहि भएर हजुरले पनि अर्को बिबाह गर्नुभयो तर एक पल्ट पनि मलाई सोध्नु पर्छ भन्ने कुरासमेत सोच्न सक्नु भएन तर पनि ठिकै हजुर खुशी रहनुस् मेरो खुशी नै हजुर हो हजुर खुशी रहनुभयो भने पनि खुशी हुनसक्छु

अहिले बाबु नानु पनि हजुरको नै साथमा छन् मेरो बाबु नानुले मेरो अभाव कहिल्यै पनि महसुस नगरुन् मलाई दिने माया मेरो बाबु नानुलाई दिनुहोला मलाई हजुरबाट योभन्दा केही चाहिँदैन आशा पनि गर्ने छैन "

 यस्तै कुरा गरिन् सानुले श्रीमानले पनि आफूबाट अन्जानमा त्यस्तो गल्ती भएको स्वीकार गर्नुभयो भन्नुभयो "सानु तिमी जहाँ जानु जाऊ, जे-जे गर्नु गर रोक्दिँन तर अलिकति भए पनि माया नमार है " यो शब्दले सानुको मुटु छोयो यस्तो लाग्यो  उनलाई अझै पनि उनको श्रीमानले धेरै माया गर्नुहुन्छ श्रीमानलाई अँगालो हालेर रोइन्,  त्यो पल दुबै रोएका थिए यसरी सानुले आफ्नो टुक्रिएको त्यो सानो संसारमा मिलनको सानो अंकुरण छाडेर विदेश पसिन्

सानुले बाबुनानुलाई पत्र पठाइरहन्थिन भने नेपालबाट पनि उत्तर आउँथ्यो नानुले पत्र लेख्न सक्दिनथिन भने बाबु झनै सानो थियो सानुको श्रीमानले नै पत्रको उत्तर पठाउने क्रममा नै उनीहरुबीचमा भएको असमझदारी विस्तारै कम हुँदैगयो आफ्नो श्रीमानले अर्को विवाह गरे पनि सानुले कहिल्यै  त्यता मन लैजान समेत सकिनन् सानुको जीवनमा साथी धेरै थिए अनि छन् पनि तर पनि सानुले आफ्नो जीवनमा अरु कसैलाई त्यो स्थान दिन सकिनन् जुन उनको श्रीमानले लिएका थिए

यसरी सानु उनको श्रीमानबीचमा राम्रो समझदारी भएपछि महिनाको छुट्टीमा सानु नेपाल गइन् श्रीमान उनलाई लिन आउनुभएको थियो वर्षसम्म श्रीमानसँग छुट्टिएर बसेकी सानुले फेरि आफ्नो श्रीमानलाई आफ्नो सामु पाएकी थिइन् एउटी महिलाको जीवनमा आफ्नो श्रीमानको स्थान धेरै नै ठूलो पवित्र हुन्छ चाहे दु: दिएपनि सुख दिएपनि,कुटेपनि पिटेपनि आफ्नो आफ्नै हुन्छ यो सबै अधिकार आफ्नोलाई नै दिइएको हुन्छ यसरी सानुको टुक्रिएको संसार वर्षपछि फेरि सिंगो सुन