| |
|
|
|
-खुसी मैनाली, इजरायल
|
|
-सीता बराल
|
|
नयन्द्र चेम्जोङ, इजरायल
|
|
|
|
|
|
सम्पादकको कलमबाट
[2010-03-04]
११औ घण्टामा अल्मलिइरहेको नेपालको शान्ति प्रक्रिया र नयाँ नेपालको नयाँ संविधान लेखनको यो घडिमा मुलुककको शान्ति सुव्यवस्था यसरी तहस नहस हुँदै गएको छ की मानौ मुलुक सरकार विहिन, कानुन, प्रसासन विहिन अवस्थामा पुगेको छ भने जनता असुरक्षा, कालो बजारी र यसैको आडमा अनियन्त्रित रुपले आकाशिइ रहेको दैनिक उपभोग्य बस्तुहरुको मूल्यवृद्दी र फलस्वरुप उव्जिएको भोक, रोग, अनिकाल आदीबाट हाडथाक परिरहेका छन् । मुलुक हाँक्ने ठेकेदारी लिएर सत्तामा आसिनहरु मानौ कुनै विकशित देशका सत्ताधारीहरु जस्तै निर्धक्क मनले जनताको हरिगति हेरिरहेका छन् । आफ्नो नैतिक धरातल वेस्सरी भाँसिएको महसुस गरेर नै होला उनीहरुलाई जनताको कुनै मतलव छैन । हुन त नेपालको इतिहांसमै अथवा भनौ संसारको कुनै मुलुकमा नभएको र हुनै नसक्ने किसिमले निर्माण भएको अपराजित हरुको ग्याङ भएकैले होला उनीहरुलाई जनताको कुनै सरोकार छैन । हुन पनि किन होस् र आखिर आफुहरुलाई नै वहिस्कार गर्ने नेपालीहरु नै हुन् । अनि फेरि उनीहरुलाई आफ्नो खस्किएको स्वाभिमान र भाँसिएको नैतिकता फेरी फिर्ता गरौला भन्ने आश पनि त छैन । त्यसैले त उनीहरु जनताको हरेक समस्याहरुबाट मुन्टो बटार्दै छन् । सरकारको आडमा एमालेका हतियारधारी जत्थाहरु माओवादी तथा उसका भातृसंगठनका कार्यकर्ताहरुमाथि उत्रिएका छन् । अहिले मुलुकमा एक प्रकारको आतंक मच्चिएको छ । समसामयिक घटेका केही घटनाहरुले यी कुराहरु प्रस्ट गर्दछन् ।
गत महिनामा हत्या गरिएका संचार उद्यमी जमिम शाहको हत्यासँगसंगै शुरुवात भएको संचार उद्यमीहरुको हत्याको शिलशिला जारी छ । संचार उद्यमी शाहको हत्या भएको एक महिना पुग्दा नपुग्दै जनकपुरमा संचार उद्यमी अरुण सिंहानियाको जनकपुरको व्यस्त बजारमा हत्या भयो भने त्यसको ३० घण्टा पनि नपुग्दै जमिम साहको हत्या गरिएको राजधानीको लाजिम्पाट क्षेत्र भन्दा केहीसय मिटर मात्र टाढा लाजिम्पाट क्षेत्रमै भरतपुर मेडिकल कलेजका अध्यक्ष नागेन्द्र लाम्पाटीमाथि लक्षित गरी गोली प्रहार भयो । सञ्चारगृहहरूलाई सिलसिलाबद्ध ढंगले धम्क्याइएको छ भने संचार उद्यमी अरुण सिंहानियाको हत्या पश्चात हत्याको जिम्मेवारी लिनेहरुकतो होड भन्ने बारेमा पनि ताता पिरा समाचारहरु पढ्नमा पाइयो । देशव्यापी रुपमा फैलिएको हत्या अनि धम्कीको शिलशीला तथा श्रंखलाले यो देश कतै अपराधी तथा माफियाहरुले चलाइरहेका त छैनन् ? र यिनै अपराधिक माफियाकै आड भरोसामा नेपाल कतै अपराधिक गिरोहको सुरक्षित स्थल बन्दै गएको त छैन ? भन्ने शंका उपशंकाहरु उव्जिन थालेका छन् । राजधानीको सबैभन्दै व्यस्त ठाउँ लाजिम्पाटमा पटक पटक हत्या अनि हत्याको प्रयास होस् या जनकपुरको सबैभन्दै व्यस्त चौकमा सामुन्नेबाट गोली हान्ने हर्कत होस् अनि ती हत्यामा संलग्न अभियुक्तहरुलाई पक्रनु त परैको कुरा त्यसबारेमा कुनै सुराकीसम्म पनि पत्ता लगाउन नसक्ने गृह मन्त्रालय र पुलिस प्रसाशनको असक्षमताले झन अपराधीहरुको मनोबल वढाएको पुष्टि हुन्छ भने घटनाको विरोध गर्दै ज्ञापनपत्र पेश गर्न गृहमन्त्रालय पुगेका नेपाल पत्रकार महासंघको टोलीलाई गृहमन्त्री भीम रावलले अपमान गर्दै ज्ञापन-पत्र बुझ्न नमानेपछि पत्रकारले ज्ञापनपत्र ढोकामै ढुङ्गाले च्यापेर छोडे भन्दा साँच्चै सरकार माओवादीले भने जस्तै कठपुतली नै हो भन्दा कुनै गलत हो जस्तो लाग्दैन ।
यस्तै कठपुतली मनस्थिती एवम् जनादेश विपरित बनेको कठपुतली सरकारको फाइदा अपराधीहरुले लुटिरहेका छन् । जनतामा असुरक्षाभाव बढ्दो छ भने सरकारप्रति जनसाधारहरुको विश्वास उडिसकेको छ । अपरिपक्कताको सिमारेखा भित्र कैद रहेर जसरी भएपनि सराकर टिकाउने प्रवृतिको परिणाम विस्तारै सतही हुँदैछ । विडम्वना यतिविघ्न असक्षमताको पुष्टि हुँदा समेत वर्तमान सरकारका प्रधानमन्त्री एवम् गृहमन्त्रीले कुनै नैतिकता प्रदर्शन गर्ने आँट गरिरहेका छैनन् । ती मुकदर्शक बनेर लाचारी प्रदर्शन गरिरहेका छन् । यस्तो लाचारी र असक्षमताका वावजुध कुर्चीमा लिसो टाँसिए जसरी टाँसिएर बस्न उनीहरुलाई लाज लाग्नुपर्ने हो यदी उनीहरुमा अलिकतिपनि राजनितिक नैतिकता छ भने ।
Print
Email
|
|
|
|
|
| प्रतिक्रियाहरु |
| bishal kc (bishalkc01@yahoo.com),bahrain |
| i like it. ramro cha tapai ko lekha . |
| thagendra acharya (sharmatp66@yahoo.com),nuwakot8 arghakhanchi |
| naitikta aba kval lekh ra kitab ma baki rhyo,editor ko jhukab maoist tir jhalkin6..jamin shah ko hatya,nindaniya abasya6,mahodaya,jasle j rop6,tehi tip6.emale ka hathiyaarband... maoist ma k hathiyarbihin koi 6 ra?sarkar nishchay ni ramita hereko darshak saman6,tara yo ta nepal ra nepali ko bhagya ma korieko bidambana nai ho........ |
|
समूह :लेख तथा रचनाहरु
|
|
1.Teej in Nepal - RAJAN (GHAYAL), DOHA QATAR
(2010-09-08)
|
|
2.हे मानव सत्य खोज ! - बसन्त मोहन अधिकारी - यूएई
(2010-09-07)
|
|
3.नयाँ बिकल्पको खोजी - खुशी मैनाली, जनपथ टोल - १६, धरान
(2010-09-07)
|
|
4.म यस्तो श्रीमान मन पराउछु - रश्मी मैनाली, इजरायल
(2010-09-06)
|
|
5.रोश हा निक्रा एक परिचय - दौलत साकार, मिलाप मिनिष्ट्रिज, इजरायल
(2010-09-03)
|
|
6.किन इजरायलमा रहेका चेलीहरू नेपाली पुरूषहरूको आँखामा पर्छन् ? (टुँडाल उपन्यास र यसको समिक्षा) हरि मानन्धर "विवश"
(2010-08-29)
|
|
7.मरुभुमिमा मेरो साथी - संगिता घिमिरे, इजरायल
(2010-08-22)
|
|
8.A Love Story - Rashmi Mainali, Israel
(2010-08-21)
|
|
9.मेरो बिचारमा जिवन र भोगाई - रबिन्द्र छत्कुली, हाल दोह कतार
(2010-08-15)
|
|
10."नेपाली चौतारी र म" - पा. दौलत साकार, इजरायल
(2010-08-09)
|
|
11.सेना समायोजनभित्रको चलखेल - हरि नेपाली
(2010-08-07)
|
|
12.भाविको लेखाई भनुकी भाग्याको खेलनै...
(2010-08-01)
|
|
13.धन की स्वास्थ्य ? - तेज वहादुर श्रेष्ठ, इजरायल
(2010-08-01)
|
|
14.पहिलो रोजाई !! अमेरिका नै किन? पलायन हुनु कति जायज ?
(2010-08-01)
|
|
15.नेपालीहरुको सेवामा छो ख्यङ्ग गुन युवा साम्पाङ्ग - अर्जुन न्यौपाने, द. कोरिया
(2010-07-26)
|
|
16.साझा नेपाली चाडः साउने सङ्क्रान्ति अर्थात् सिसेःक्पा तङ्नाम - डी. बी. आङ्बुङ लिम्बू
(2010-07-17)
|
|
17.देश रोएको बेला - सीरा खनाल, इजरायल
(2010-07-15)
|
|
18.देश सेवा - गजेन्द्र खनाल
(2010-07-13)
|
|
19.नेपालको आदिवासीय दल संघीय मञ्चमा सिर्जित केही भ्रम र यथार्थता - डीबी आङ्बुङ
(2010-07-09)
|
|
20.यसो गरे कसो होला ? -नयन्द्र चेम्जोङ, धनकुटा, हाल इजरायल
(2010-07-04)
|
|
21.शेर्पा जातिको राज्य र चुनौतीहरू - टासी शेर्पा
(2010-07-03)
|
|
22.कति कठिन छ विदेशको बसाई - रबिन्द्र छत्कुली, दोहा कतार
(2010-06-29)
|
|
23."यर्दन नदी, र्देनित, गालिल ताल र नासरत शहर घुम्दा..."(जीवन यात्रा) -दौलत साकार, इस्रायल
(2010-06-27)
|
|
24.पञ्चायत गयो, गा'छैन, आयो अथवा आउँदैछ ? - राम कुमार श्रेष्ठ
(2010-06-19)
|
|
25.जनताको अदालत बाट नेता कारवाही - श्रीराम कँडेल, निदरल्यान्ड्स
(2010-06-16)
|
|
|
|