Nepalisreal.net
नेपाली समय
लिस्बनको इस्त्रेला पार्कमा दिल खोलेर नाचे चेलीबेटीहरु | माओवादीद्वारा प्रम निर्वाचनमा भाग नलिने आफ्नै सभासदसंग स्पष्टीकरण | उत्तरपश्चिमी पाकिस्तानको एक प्रहरी चौकीमा भएको आक्रमणमा परी कम्तीमा उन्नाइसको मृत्यु, दर्जनौं घाइते | जीता र कल्पनाको घरमै पुगेर सम्मान | म यस्तो श्रीमान मन पराउछु - रश्मी मैनाली, इजरायल | भोटेकोसीमा बस खस्दा ५ जनाको मृत्यु, १० वेपत्ता | माओवादीको कब्जामा रहेका तीन प्रहरी आठ दिनपछि मुक्त | माओवादी सभासद्लाई र्सवस्वसहित जन्मकैद,राष्ट्रपतिले आममाफी दिएर मात्र बचाउन सक्ने | धुमधामका साथ बित्ने भो जीता र कल्पनाको तीज | इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम सम्पन्न, कवियत्री दिप्स शाहको “आगो” विमोचित |
 
समुह
नयन्द्र चेम्जोङ, इजरायल
- खुशी मैनाली, इजरायल
- हरि नेपाली



अनलाईन जनमत
अझैपनि नेपाली कामदारको लागि इजरायलले भिषा खुल्ला नगर्नुको मुख्य कारण के हुन सक्छ ?
नेपाल सरकारको लाचारिपन
नेपाली कामदारको असक्षमता
इजरायललाई कामदारको आवश्यकता नपर्नु
 
अनलाईन रेडियो
अनलाईन समाचार
नेपाली पत्रपत्रिका
 
देश रोएको वेला...- नयन्द्र चेम्जोङ, हाल इजरायल
  
[2010-02-05]

 

- नयन्द्र चेम्जोङ, हाल इजरायल

आफ्नो मातृस्थानलाई आदर माया नगर्ने संसारमा कुन प्राणी ? दिनभरी चरणमा गएको पशु साँझ परेपछि त्यतिकै आफ्नो थलोमा फर्किएका हुन् ? अमुक पशु आफ्नो गोठको मायाले गर्दा बासस्थान फर्कन्छ भने हामी जगतकै सर्बश्रेष्ठ प्राणी मानिस जस्तै दैविप्रकोप परेतापनि संकट आईलागेतापनि पशुहरु सामान्यता आफ्नो वासस्थान छाडेर जाँदैन किनकी पशुहरुमा मानिसमा जस्तो अहमता छैन, स्वार्थ छैन, कुनै महत्वकांक्षा छैन हुनत मानिसहरुलाई पशुको जीवन भावनासंग तुलना गर्न मिल्दैन किनकी मानिसका असिमित आवस्यकताहरु हुन्छन्, चाहना हुन्छन्, जिम्मेवारी हुन्छन् हरेक नियम कानूनमा बाधिनु परेको पशुको चाहना केवल दिनभरी चरनमा जानु पेट अघाएर आएर गोठमा सुत्नु मात्र हो तर मानिस -आफ्नै फरक फरक इच्छा आकांक्षा भावनामा बाच्ने प्राणी हो हरेक मानिसमा बेग्ला बेग्लै भावना,  चाहना, आकाक्षा, महत्वकांक्षा हुन्छ त्यसैले मानिस आफ्नो लक्ष्य पुरा गर्नकोलागि आफ्नो सिमित कोरिएको सिमानालाई तोड्दै छताछुल्ल भइदिन्छ मानिस त्यही नै हो जसलाई एउटा सानो जागिर, चिटिक्क परेको घर, एउटा ज्ञानी छोरा वा छोरी एउटी सुन्दर श्रीमती नै उसको सपनाको महल हुन्छ भने, त्यही मानिस नै हो जसलाई अरवौ रुपैया नगद धेरै महलहरु अनगिन्ति श्रीमतीहरुले पनि सन्तुष्ट बनाएको हुन्न जब स्वार्थ महत्वकांक्षाले उन्मत्त हुदै जान्छ तब उस्ले बस्ती, गाँउ, सहर, राजधानी भूगोलले कोरिदिएको सिमाना पार गदै अदृष्य भइदिन्छ मानिस कतिपयलाई वाध्यता, कतिलाई महत्वकांक्षा, कतिलाई रहर, कारण जे भएतापनि सुख सुविधाको खोजिमा भौतारिदै बसाई सराइको जुन विकराल समस्या , यो अविकसित मुलुहरुको लागि साच्चै नै अभिषाप बन्न गइरहेको अहिले संसारका धेरै गरिव मुलुकहरु विविध समस्यामा जेलिएका छन् कोही आर्थिक मन्दीले, कोही आतंकबाद, कोही राजतिनीक अस्थिरता, कोही भोकमरी कोही दैवी प्रकोपको कारणले कतिपय राष्ट्रले आफ्नो राष्ट्रियता नै संकटमा पर्न सक्ने स्थिती आइसकेको एउटै समस्याले देशलाई तहस नहस बनाएको तर हामी नेपाली हाम्रो देश नेपाल एउटामात्र समस्याको पिडाले रोएको छैन, यसले अनिगिन्ती संकट व्यहोरेको इतिहासमा यो देशले कहिल्यै संकट भोग्न परेन भूगोलमा कहिल्यै पराधिन बन्न परेन तर बर्तमान उसको लागि साच्नै नै अभिशाप बनेको बर्तमानमा अहिले एक्लिएको , छिमेकीबाट हेपिएको , समाजबाट तिरस्कृत जस्तै भएको , घरको कलह विग्रह समाजकोलागि रमिता भएको आज लाखौ लाख नेपालीहरु विदेसिएका छन उनीहरुले भोगेका छन कि किन हामीले विदेशीको सामु सगरमाथा गौतम बुद्धको चर्चा चल्दा मात्रै हाम्रो सिर ठाडो बनाउनु पर्ने ? किन यस्तो भयो हामी नेपाली हाम्रो देश नेपाल ? आधा दशक अगाडि आर्थिक विकाशको हाराहारीमा रहेको मुलुक आज विश्व हाक्ने भइसकेको तर नेपाल आज झनझन जर्जर बन्दैछ किन ? के आज कुनै नेपालीले आफ्नो देशको बारेमा छातिमा हात राखेर कसैलाई पाँच मिनेट सोच्ने समय निकालेको ? देश खतम भयो, नेताले देश डुवाए, नेपालमा गएर के गर्ने ? नेपालमा भविष्य नै छैन, यो भन्दा बढी हामीले केही जानेका छौ ? के अब साच्चै नै हाम्रो प्यारो नेपाल हामी नेपालीहरु अटाउनै नसक्ने देश भएको हो ?

आज देशमा साच्चै नै राजनितीक अस्थिरता कोही गतिला नेता भएनन् विदेशी इशाराको भरमा देशको शासन चलाउने मन्त्रीमण्डलको खाका कोरिन थालिएको दोष नेताको हैन, हाम्रै हो, हामी गतिलो भएपो नेता गतिलो हुने हो नेता गतिलो हुनको लागि कार्यकर्ता गतिलो हुनु पर्यो, हाम्रो समुदाय गतिलो हुनु पर्यो अनि नेता पनि गतिलो हुनेछ हामी समाजको कतिपय समुदायका सदस्यहरु नै स्वार्थी छौ, चोरी गछौ, ढाट्छौ, गुण्डा गर्दी गर्छौ, हत्या अपहरण गरी आतंकीत बनाउछौ ब्यक्तिगत स्वार्थमा निर्लिप्त हुन्छौ भने चुनावमा हामी भोट चोरको सरदार डाकुलाई नदिएर साधुलाई दिन्छौ ? जरुर दिन्नौ तर हामीले यिनिहरुलाई भ्रष्टाचार गर, जसरी पनि सत्तामा पुग, कुर्सी  नछोड, हत्या हपहरणकारीलाई शरण दे, कालोबजारी गर, तस्करी गर भनेर पनि भोट दिएको होइन खै ? प्रजातन्त्र आएको पनि २० बर्ष भै सक्यो उस्तै गतिलो नेताको हात परे १० बर्षमा कायलपट बनाउन सक्छ नेपाल जस्तो सानो मुलुकलाई जहिले पनि प्रजातन्त्रकै मात्र नारा लागि राखेको हुन्छ शान्तिको, विकाशको कहिल्यै नारा लागेन यो मुलुकमा प्रजातन्त्र भनेको सत्ताको कुर्सी  कि कानूनी शासन ? राजनितिक पाटीहरु जब सत्ता वाहिर रहन्छ, कुर्सी  नै प्रजातन्त्र भएको ब्याख्या गर्छन भने जव सत्तामा पुग्छ, कानूनी शासन नै प्रजातन्त्र हो भन्छन् राजनितिक पार्टीहरुले आफू अनूकुल कानूनको ब्याखा गर्ने परिपाटीको अन्त कहिल्यै नहुने भयो हाम्रो देशमा देशले धान्नै नसक्ने गरी कार्यकर्ता भन्दा नेताहरु धेरै भए विरालो ले घर भरिएको मुसाको जगजगी भएको विपक्षी सत्तामा बसेको महिना भएको हुन्न, सत्तामा पुग्ने औडाहाले दिल्ली धाउन तछाड मछाड हुन्छ सत्ता खोस्न जोगाउनलाई नेताहरु वा अबत २० बर्ष भयो बाडिचुडी सत्ता खाएको पनि कुनै नेतालाई बाकी रहेको छैनन् ! सानो तिनो भाग सबैले पुर्याएकै छन् ! जनताले बढी पत्याएका कुनै पनि दललाई जे सुकै गर भनेर पाँच वर्ष आखाँ चिम्लिएर सत्ता जिम्मा लाए भइहाल्यो नि ! राजनितीमा पाँच वर्ष भनेको के हो ! राम्रो काम गरे उनैले देश बनाउछन् देश बने, आफ्नै देश बन्ने हो क्यारे ! राम्रो काम नगरे फेरी कहिल्यै जनताले चुनावमा जिताउदैन खै प्रतिपक्षमा बस्ने नेताहरुले कुरा बुझेको ? विदेशीले चलखेल गर्न पाएको पनि सत्ताको लागि राजनितिक पार्टीहरुले लुछाचुडी गरेकै कारणले हो खाली जनताबाट तिरस्किृत नेताहरुले पाँच वषै मात्रै कुर्सीमा नबस्ने कसम खाएर धैर्यता लिन सके हाम्रो मुलकले पाउने राजनीतिक निकाशमा कुनै बेर लाग्ने छैन

राजनीतिक अस्थिरताका फाइदा उठाउदै छिमेकी मुलुक भारतले वारम्वार सिमाना मिचेको खवर आइ रहेको कालापानी सुस्ता अनेकौ ठाउहरुमा सिमाना मिचिएका छन यो गाउघरमा छिमेकीले एक हात दुइ हात साँध मिचेको जस्तो कुरा होइन, यहाँ सार्वभौमिकताको सवाल , यहाँ राष्ट्रियताको सवाल भारतलाई जमिन थोरै भएर खेती लाउनको लागि सिमाना मिचिएको हैन यो नेपालको राष्ट्रियता प्रति, नेपालको सार्वभौमिकता माथि धावा बोलेकै हो यसले अन्तराष्ट्रिय कानूनको उलंघन गरेकै हो साम्राज्यवादी नीतिको मखुण्डो उघ्रिएकै हो सवाल हेक्टर, सानो पहाडको हैन बास्तविकता यो हो आज सियो चोर्नेले भोली फाली पनि चोर्छ देश यसरी टुकि्रदा अंगभंग हुदा पनि सरकार मुकदर्शक भएर बसेको देशको आशुँको मोल सरकारमा वस्नेहरुलाई के थाहा ? एक टेलिभिजन कायक्रममा पूर्व सेनामतिले ब्यक्त गरेको कूरा यो प्रशङ्गमा सान्दर्भिक देखिन्छ सरकारले सदनबाट कालापानीमा सेना पठाउने निर्णय गरेर आदेश दिउन, २४ घण्टामा नेपाली सेना सिमान रक्षाको लागि कालापानी पुग्ने यदी हो भने हामी अनुमान गरौ सरकार कति निरही भइसकेको रहेछ तर यी सबै कुरा हामी नागरिकलाई  कुनै सरोकार छैन हामीलाई केवल छोरा छोरीको चिन्ता , घर घडेरीको मात्र चिन्ता , धन जोड्ने मात्र चिन्ता देश बन्द हडतालले आर्जित भएको हैन यो संसारमै कतै नभएको यो बन्दको संस्कार कहाँबाट ल्यायो यो नेपाली प्रजातन्त्रले ? बन्दको परिपाटीलाई कहिल्यै अन्त गर्न चाहेन राजनीतिक पार्टीहरुले किनकी भोलि सत्ताबाट हट्ने वितिकै सत्ता हत्याउने सबै भन्दा भरपर्दो आन्दोलनको हतियार त्यही बन्द नै हो बन्दले कुनै राजनीतिक स्वार्थ नै पुरा गरेकोछ नेपाली जनताको दैनिक जीवनमा कुनै समारात्मक परिवर्तन नै ल्याएको यो खाली केवल राजनीतिक पार्टीहरुहरुको शक्ति प्रदर्शन गरेर देखाउने बाटो मात्र बनेको एकातिर राजनीतिक अस्थिरता एबं विविध समस्याले देश आक्रान्त भइरहेको बेला कर्मचारी सयन्त्रमा पनि कहिल्यै सुधार भएन देश विकाशको लागि मुख्य मेरुदण्ड मानिएको कर्मचारी संयन्त्र अझै पनि चाकडी, चाप्लुसी, भ्रष्टाचारबाट उन्मुक्त भएको छैन के अड्डा ? के अदालत ? के प्रहरी ? सारा कर्मचारी संयन्त्र भ्रष्टाचारले जेलिएको न्यायालय आफै अन्याय गर्छ पुलिस आफै तस्करी गर्छ, आफै बलात्कार गर्छ भरखरै छापिएको पत्रपत्रिकाको जानकारी अनुसार नेपाल विश्वमा लागु औषध कारोवारको अखडा भइ सकेको रहेछ अनुसन्धानले विश्वको ९२% लागु औषधको आपुर्ति गर्ने अफगानिस्तानबाट सिधै नेपाल सप्लाई गरेर नेपालमा प्रसोधन गर्ने कारखाना नै खोलि सकिएको रहेछ नेपालबाट तयारी गरेर युरोप तथा अफ्रिका सप्लाई हुने गरेको कुरा खवरमा आएको कसरी संभव यो ? के नेपाल लागु औषध प्रसोधन गर्ने कारखानामा मात्रै सिमित छन् ? छैन, अहिले नेपालमा नव युवकहरुमा लागु औषधको सेवन फेसन जस्तै भइ सकेको हामी विदेशमा भएका बाबुआमाहरु, अविभावकहरु, सन्तानको लागि भनेर रात दिन पसिना बगाएर एकबारको जुनी विताउदैछौ तर उता छोराछोरीहरु, भाइ वहिनीहरु, लागु औषधीको सेवनको दलदलमा फसिसकेका छन कि ? पुलिस लागु औषधको कारोवारीलाई पक्रन्छ, छाड्छ बेला बेला कारवाही गरेको जस्तो नाटक मात्रै गर्दैन आफै पनि लागु औषध कारोवारमा संलग्न हुन्छ भए भर जतिका सबै मानिसहरुलाई सुविधा चाहिएकोछ गाउँमा मानिसहरु बस्नै छाडे, सवैलाई शहर विदेश चाहिएको सबै मानिसहरु शहर वसाई सर्नाले मिहेनत गरेर खाने भन्दा बसेर खानेको सँख्या दिनानुदिन बढदै गएको मानिसहरु अल्छी हुन थाले परिवारको कोही कोही विदेश गएकै विदेशबाट आएको पैसाले बसी बसी खान पुगेकै महंगीले आकाश छोएको ब्यापारीले सामान जतिमा बेचे पनि भयो क्रेताले जतिमा किने पनि भयो किनकी सवैलाई शहर नै बस्नु परेको मिहेनत गर्नु परेको छैन डलर विदेशबाट आइहाल्छ नागरिहरु पनि बिदेसिएका चाही त्यतिकै होइन गाउँघरमा आम्दानी छैन अमनचयन छैन छरछिमेकी सबै विदेश विदेशबाट कमाएको धनले हेर्दा हर्दै आखाँ अगाडि नै छिमेकीको चार तले घर ठडिन्छ हामी नेपाली, अरुले गरी खाएको देखी नसहने संस्कृतिमा हुकिएको मानिस, औडाहा हुन्छ घरवार सुक्रिविक्रि गरेर हुन्छ कि ऋणमा चुर्लुम्म डुवेर हुन्छ विदेश भासिनै पर्छ हामी गरिव गुर्वाहरु विदेशबाट धन ल्याउला, साहुको ऋण तिरौला, बाँकी रहेको दुइ दिने जीन्दगी हासी खुसीमै रमाउला भन्ने सपनामै वाध्यताले विदेश पलायन भएका हुन्छौ तर देशका प्रभुत्व बर्गका घरानियाहरु, राज्यले चिनेका उपल्लो तहका नागरिकहरु, उच्च प्रशासकहरु, पदाधिकारीहरु, खान्दानीहरुलाई पनि बिदेश नै चाहिन्छ किन ? यिनीहरुलाई नेपालमा के नै नपुग ? राज्यको ढिकुटीको धनले यि राष्ट्रका नोकरका कतिपय कुलंघार सन्तानहरु विदेशमै मस्तिले पढेर विद्धान भएर उतै नागरिक भएर बसिदिन्छ अमेरिका दुनियाको सपनाको देश के त्यहाँ ? त्यो पनि यो पृथ्वीकै कुनै एउटा कुनाको छेउ होनी  होला अलिकती वढी सुविधा होला, पैसा अलि ठूलो होला तर सच्चा नागरिकको कर्तब्य भनेको आफ्नो विग्रिन लागेको देशलाई बनाउनु हो कि राष्ट्र जन्मभूमी प्रति गद्धारी गरेर पलायन हुनु हो ? जुन ठाउमा जन्मन्छौ, जहाँ हुर्कन्छौ त्यह्री ठाउँको माया त्यागमा जीवन उत्सर्ग गर्नु पो हो सच्चा देशभक्ती भनेको राष्ट्रलाई माया गरे, आफु इमान्दार बने, देशलाई नै केहि दिन्छु भनेर अठोट गरे, सारा नागरिक एक भएर देश बनाउन चाहे, नेपाललाई अमेरिका जस्तै सुविधा सम्पन्न बनाउन कति वर्ष लाग्ला ? आज देशले यो दुर्गति भोगिरहेको बेला उज्वल भविष्यको बहानामा, उच्च शिक्षाको चाहनामा सम्पन्न राष्ट्रले दिने ग्रिनकार्डको लोभमा परी मातृभूमिलाई छातीमा लात हान्दै विदेशिने पलायनवादीहरुलाई भन्न मन लागेको थुक्क ! साले गद्धारहरुको ! कुनै पनि विदेशी नागरिकहरु सितको जम्काभेटमा तिमिहरु जस्ता राष्ट्रघातीहरुलाई सगरमाथा गौतम बुद्धको नाम उच्चारण गर्ने कुनै अधिकार छैन

 के अब नेपाल साच्चै नेपाल नै नरहने भयो ? अब के हामी नागरिकहरु विदेशिन वाहेक अरु केही विकल्प नै छैन ? नेपाल के कहिल्यै नसुध्रिने गरी नै पाताल भासिएको हो   ? होइन, अहिले सम्म केही विग्रिएको छैन हामी ३० लाख भन्दा बढी नेपालीहरु विदेशिएका छौ गद्धारको हिसावमा लाख परे पनि हामी २५ लाखको हाराहारीमा सारा नेपालीहरु देशभक्त छौ, राष्ट्रप्रेमी छौ हामी २५ लाख नेपाली जनताले सारा विश्वको विकाश सुविधाको अनुभव गरेका छौ यहि विकाश सुविधाको अवधारणहरु लिएर आफ्नो गाउँ फर्कन सक्छौ कहिल्यै देशको विकाश नगर्ने नेताहरुले देश विकाश गरिदेला सुख पाउला भनेर आशा गर्ने बानी हामी नेपालीले सदाको लागि बन्द गरौ कृषि प्रणालीले कहिल्यै धन कमाउन सकिन्न भन्ने हाम्रो जुन भावना यसलाई तुरन्तै परिवर्तन गरौ शहरमा जन्मे हुर्केकालाई शहरमै छाडिदिउ, हामी गाँउघरमा जम्ने हुर्केकाहरु हाम्रो पुख्यौली थलोपिलोलाई नै संसार सम्झेर पाखोवारीहरुमा परम्परागत अन्न वालीहरु भन्दा फलफुल खेती तथा पशुपालनलाई प्रश्रय दिदै हाम्रै गाउँमा पहिले आफुले उदाहरण गरेर देखाउ अनि छिमेकीलाई बनाउ, टोल बनाउ, गाँउ वनाउ, हाम्रै गाउँघरमा फर्कौ बावुवाजेले गरिआएको परम्परागत कृषि प्रणालीलाई आधुनिक कृषि प्रणालीमा ढालौ माटोको महत्त ख्याल गर्न सिकौ सात महिना लगाएर फलाउने चार ओटा मकैको बोट भन्दा एउटा सुन्तला जुनार वा फलफुल धेरै फाइदाजनक भन्ने भावनाको विकाश गरौ जति कमाउन सकिन्छ त्यतिमै सन्तोष मान्ने वानी वसालौ पाखोवारीमा अन्नको खेती गरेर जिविकोपार्जन गर्नलाई वर्ष भरी मिहेनत गर्नु भन्दा दुइओट खसी पाल्दा बर्ष भरी खाने रासन किन्न पुग्छ भन्ने चेतना गाउँघरी जगाऔ शहरको धुँवा धुलो संगै रासायनिक मल प्रयोग गरिएको शरीरलाई हानीकारक खाद्य पद्यार्थको दैनिक प्रयोगले जीवनको आयु घटाउनु भन्दा गाउँको जैविक मल प्रयोग गरिएको स्वास्थकर खाद्य पदार्थको भोजनले दुइदिनको भएपनि आयु लम्वाउने बाटो अवलम्वन गरौ हामी शहरमा बसाई सरेका गाँउलेहरु गाउँ फर्के पछि शहरमा जनआवादी पनि कम हुन्छ मानिसको भिड कम भएपछि महँगी पनी घटछ शहरमा महंगी घटे गाउँमा पनि महंगी घट्छ दैनिक उपभोग्य सामानहरुको उत्पादन प्राय पाखो वारीहरुमै हुने भएकोले शहरमा जस्तो पैसाको महत्त पनि