करिब चार वर्ष अघिको कुरा जुन समयमा म पत्रकारितामा बामेसर्दै थिएँ । मेरो रुचि अनुसार वुटवलमा नेपाल प्रेस इन्स्टिच्युट बाट संचालित तिन महिने पत्रकारिता तालिम मा समावेश भएँ । तालिम तिन महिनाको भएपनि म लगायत अन्य साथिहरुको लागि सो तालिम महत्वपूर्ण रहेको थियो । तालिम सगंसगै स्थानिय पत्रिकामा रिपोर्टिगं गर्न थाल्नुले म मा थप उर्जा प्रदान गर्ने काम गरेको थियो ।
वुटवलमा सो समयमा नया नयाँ पत्रिका र एफ एम को आगमन सँगै हामी जस्ता नव पालुवाहरुलाई स्वागत गरेको थियो । त्यसै क्रममा भर्खरै मिडियामा नयाँ स्थान ओगटेको तिलोत्तोमा दैनिकसगं म आबद्ध हुन पुगे । मिडियामा प्रवेश का शुरुका तिन महिना मेरो लागि समाचार फिचर लेख्ने नौलो अभ्यास बन्यो । साधारण दिनहरुमा केहि पनि नदेख्ने मेरा नजरहरुले पत्रकार बनिसकेपछि ठाउँ ठाउँमा समाचार देख्ने र खोजि पत्रकारितामा कलम चलाइहाल्ने नौलो परिवर्तन रहेको थियो । जुन कुरा म जस्ता भर्खरै बामे सर्दै गरेका पत्रकार साथिहरुको लागि शुसिको विषय रहेको थियो । सोहि क्रममा एउटा असल पत्रकारमा हुनुपर्ने गुणहरु समाचार लेख्दा ध्यान दिनुपर्ने कुराहरु समय सँगै सिक्दै गएको थिएँ ।
भनिन्छ तरबार चलाउने काम भन्दा कलम चलाउने ब्यक्ति बढी सतर्क भएर अघि बढ्नु पर्दछ । गलत कलम चलाएकै भरमा कतिपय पत्रकार साथिहरु पलायन पनि भएका छन । समाचार सही गलत नछुट्याइ प्रकाशित गरेको समाचारको भरमा पत्रकारले राजिनामा समेत दिनुपरेको थियो । मैले थाहा पाए अनुसार विगतमा कान्तिपुर दैनिकका सम्पादक रहेका युवराज घिमिरे कुनै गलत समाचार प्रकाशित गरेकै कारण सो स्थितिमा परे । उनि गलत थिएनन तर उनलाई समाचार दिने ब्यक्ति गलत रहेको थियो ।
समाचार लेख्ने क्रमसगै धेरै साथिहरु सगं सम्पर्क बढदै गयो । जसमा राण्ट्रिय स्तरका पत्रिका का सम्पादक तथा संवाददाताहरु सगं रहेको थियो । जसले त्यो बेलामा हाम्रो प्रसंसक बनेर थप हौसला प्रदान गर्ने काम गरेका थिए । समयसगंै लिएका विभिन्न शान्ति तथा द्धन्द निरुपण , भ्रष्टाचार रिपोर्टिगं , एड्स रिपोर्टिगं फिचर लेखन तथा जातिय विभेद उन्म�लन जस्ता पत्रकारिता तालिमहरुले मेरो पत्रकारिताको कलमलाई तिखार्ने थप मौका दियो ।
मिडियामा काम गर्ने सिललिामा मा कहिलेकाहि समाचार को नै खडेरी लाग्ने गर्दथ्यो । सो समय मिडियमक्रमि साथिभाइहरु सगं भलाकुसारि गर्नु र आ आफुले काम गर्ने मिडियाको कमि कमजोरी औल्याउनु हामिमाझ थकाइ मेटाउने विषय हुन्थ्यो ।
नेपालमा पत्रकारिता गर्दै गरेको म आज एकाएक बेल्जियममा छु। नेपालमा जस्तै यहा प्रत्येक ठाउँ ठाउँमा समाचार देख्ने मेरो आखाले टिप्नको लागि समय नै पाएको छैन । बरु मेरो शैक्षिक बिदामा पर्ने समसामयिक कार्यक्रम को समाचार ओगटने गरेको छु। युरोप को ब्यस्त समयको कारण खोजी समाचार त मेरो लागि यहाँ अलि टाढाको विषय बनेको मैले अनुभव गरेको दुखद पक्ष रहेको छ । तापनि समय अनुकुल मैले लेख्ने गरेका समाचारहरुको कारण हिजोको समयमा काम गर्ने मिडियमले छ महिना सम्म् तलब नदिदा पत्रकारिता गर्दिन भन्ने गरेको म आज यहाँ पनि यसको रसमा मस्त हुनु अर्का सुखद पक्ष हो ।
प्रवाशमा रहेरपनि यहाँका गतिविधिहरु नेपालका संचार माध्यममा प्रेसित गर्न पाउनु आफैमा शुसीको कुरा रहेको छ । हिजो संवाददाता बनेर समाचार को लागि हिडने गरेको म आज सम्पादक बनेको छु । दैनिक तिनवटा अनलाइन साइटमा समाचार सम्पादन गरेर अपडेट गर्दा समाचार लेख्न जति सजिलो हुन्छ त्यति काटछाट गर्न हुने रहेछ भन्ने कुरा मैले बुझेको छु ।
मैले पत्रकारिता थाल्दा अनलाइन पत्रिका एफ एम रेडियो हरु कम मात्रामा थिए । त्यस बेला अनलाइन खबर मात्र अनलाइनमा लोकप्रियता कमाएको अनलाइन थियो । त्यसमा प्रकाशित समाचार फोटोहरु मोफसलका पत्रकारका खुराक हुने गर्दथे । तर आज यसको संख्यामा वृद्धि हुँदै गएको छ । गाउ गाउमा एफ एम हरु घन्किन थालेका छन । आज सुचना बाट कोहि पनि बञ्चित हुनुपरेको अवस्था छैन । समाचार को प्रतिशप्रधा रहेको छ ।
यसै क्रममा प्रवाशबाट निस्कने धेरै अनलाइनहरु को समाचार पढने मेरो बिहान साझ को स्टिन नै बनेको छ । जति अनलाइन हेर्ने गर्दछु कम मात्रा ले मात्र गुणस्तरिय समाचार प्रदान गर्ने गरेका छन् । धेरै जसो अनलाइनले समाचारलाई सम्पादन नगरी सिधै अपडेट गर्दा त्यसो हुन गएको मैले ठानेको छु। जसले गर्दा पाठक वर्गमा खल्लो महसुस गराएको छ । प्रत्येक देश बाट संचालन हुने अनलाइन पत्रिकाहरुले सो देशमै रहेका नेपालीका राम्रा कुराहरु तथा विभिन्न समस्याहरुको समाधान तथा खोजी समाचार दिन सकेमा प्रवासको अनलाइन पत्रकारिताले नौलो आयाम थप्ने मा दुइ मत छैन ।
पत्रकार बन्न सजिलो छ तर कलम तिखार्नलाई गाह्रो रहेको छ । एउटा समाचारले पाठकलाई सन्तुष्ट प्रदान गर्न सकेन भने त्यसमा स्वयं आफ्नो कमजोरी ठान्नुपर्दछ । तर अधिकांश अनलाइनमा प्रकाशित स्थानिय समाचारहरु कार्यक्रम विशेष नै हुने गरेका छन । यहाँ पत्रकारितालाई पेशा बनाइ काम गर्ने को संख्यामा भएको कमिले गर्दा यस्तो कमिकमजोरी भएको हुनसक्छ । फिचर समाचार एकदम कम मात्रामा पढनु सपना देख्नु सरह भएको छ । विभिन्न देशबाट प्रकाशित हुने गरेका अनलाइन पत्रिकाहरुको एउटै समस्या पत्रकारिता सम्बन्धि ज्ञान र तालिमको कमि हुनु हो । जसमा प्रो एक्टिभ पत्रकारिताको खाँचो रहेको छ । यसतर्फ सबै प्रवासी पत्रकार साथिहरुले ध्यान दिनु जरुरी रहेको छ ।
आज नेपाल पत्रकार महासघंले पनि विभिन्न देशहरुमा गई शाखा खोल्ने गरेको छ । १२ जनाको सदस्य पुग्नासाथ शाखा खोल्ने भन्ने सुन्नमा आएको छ । तर यस सवालमा पनि महासघंले केही सोच्नुपर्ने देखिन्छ । कस्तो ब्यक्तिलाई पत्रकारको मान्यता दिने उसको दक्षता योग्यता र अनुभव सम्पूर्ण कुराहरु गरेर मात्र मान्यता दिनु उत्तम हुनेछ । पत्रकार र पत्रकारिता को मर्म लाई बझ्नु जरुरी रहेको छ । अन्यथा राजनैतिक पार्टिको साधारण सदस्यता बाँडे जस्तो पत्रकारको सदस्यता बाँडने काम नहोस ।
मेरो सानो आफ्नै अनुभव र विचार हो । मेरो विचार कतिपय पाठक वर्गलाई नपच्न पनि सक्दछ । तथा प्रवासमा रहेका अनलाइन संचालक लाई चित्त नवुझ्ला । तथापि वास्विकता पनि यहि हो भन्ने मैले महसुस गरेको छु। कुनै प्रतिक्रियाहरु भए मेरो मेल ठेगानामा प्रेसित गर्नुहोला ।
Email : santoshneupane98@gmail.com