|
समाचार » प्रमुख समाचारहरु |
|
माओवादीद्वारा प्रम निर्वाचनमा भाग नलिने आफ्नै सभासदसंग स्पष्टीकरण (2010-09-06)
|
| एकीकृत नेकपा माओवादी संसदीय दलको आजको बैठकले हिजो भएको प्रधानमन्त्री पदको निर्वाचनमा अनुपस्थित १० जना आफ्ना पार्टीका सभासदसँग स्पष्टिकरण सोधेको छ । आज दिउँसो पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा उनीहरुलाई स्पष्टिकरण लिईएको हो । |
|
उत्तरपश्चिमी पाकिस्तानको एक प्रहरी चौकीमा भएको आक्रमणमा परी कम्तीमा उन्नाइसको मृत्यु, दर्जनौं घाइते (2010-09-06)
|
| उत्तरपश्चिम पाकिस्तानको एक प्रहरी चौकीमा गराइएको आत्मघाति बम विस्फोटनमा परी कम्तीमा उन्नाइस जनाको मृत्यु भएको छ । मारिनेहरु मध्ये कम्तिमा एघार जना प्रहरी जवान रहेको जानकारी अधिकारीहरुले दिएका छन । |
|
जीता र कल्पनाको घरमै पुगेर सम्मान (2010-09-06)
|
| पाल्पाबाट प्रकाशित न्यूज पाल्पा राष्ट्रिय साप्ताहिकमा कुर्ता सुरूवाल लगाउने रहरैलहरमा बित्ने भो जीता र कल्पनाको तीज शीर्षकमा समाचार प्रकाशन भएपछि युथ एक्सन नेपाल पाल्पाले चापपानी गाविस वडा नं. ६ का जीता र कल्पना शाहीको घरमै पुगेर सम्मान गरेको छ । |
|
भोटेकोसीमा बस खस्दा ५ जनाको मृत्यु, १० वेपत्ता (2010-09-06)
|
| सिन्धुपाल्चोकको तातोपानीबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस सोमबार विहान भोटेकोसी नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । अन्य दस जना यात्रु वेपत्ता छन् । चालक विक्रम शाक्यसहित सहचालक र एक जना यात्रु पौडेर बाँच्न सफल भएका छन् ।.. |
|
माओवादीको कब्जामा रहेका तीन प्रहरी आठ दिनपछि मुक्त (2010-09-06)
|
| भारतीय माओवादीको कब्जामा रहेका तीन जना प्रहरी सोमबार बिहान मुक्त भएका छन् । विहार प्रहरीका प्रवक्ती पी. के. ठाकुरले माओवादी कब्जामा रहेका तीनै जना प्रहरी मुक्त भएको पुष्टि गरेका छन् । |
|
माओवादी सभासद्लाई र्सवस्वसहित जन्मकैद,राष्ट्रपतिले आममाफी दिएर मात्र बचाउन सक्ने (2010-09-06)
|
| सर्वोच्च अदालतले ज्यान मारेको अभियोगमा माओवादी सभासद् बालकृष्ण ढुंगेललाई र्सवस्वसहित जन्मकैद हुने फैसला गरेको छ । करिब १२ वर्षघिको एक अभियोगमा सर्वोच्च अदालतका न्यायाधीशहरू तपबहादुर मगर.. |
|
धुमधामका साथ बित्ने भो जीता र कल्पनाको तीज (2010-09-06)
|
| जिल्लाको पत्रकारिता सदरमुकाम केन्द्रीत भयो भन्ने हल्ला चलिरहेको बेला पाल्पाबाट प्रकाशित न्यूज पाल्पा राष्ट्रिय साप्ताहिकले कुर्ता सुरूवाल लगाउने रहरैलहरमा बित्ने भो जीता र कल्पनाको तीज शीर्षकमा समाचार प्रकाशन गरेपछि सो समाचारको प्रभाव परेपछि.. |
|
गाविसका खाता जिविसका उच्चस्तरका कर्मचारीकै नाममा (2010-09-05)
|
| द्धन्दको अवस्थामा गाउ विकास समितिका सचिवहरु गाविस छाडेर सदरमुकाममा बसे, त्यतिवेला जिल्लाका ६५ वटै गाउ विकास समितिको भवन एउटै कोठा बन्यो । दिनप्रतिदिनको धम्की, सुरक्षाको अभाव र काम अनुसारको सेवा सुविधा नभएको भन्दै.. |
|
चितवनको नारायणगढमा दशैं तिहार आइ.टी. मेला शुरु (2010-09-05)
|
| आउदै गरेका नेपाली हिन्दु धर्मालम्वीहरुको महान चाडपर्वलाई मध्यनजर गर्दै चितवनको नारायणगढमा दशैं तिहार आइ.टी. मेला शुरु गरिएको छ । नारायणगढको शहिदचोकस्थित गणेश मार्केटमा आयोजना गरिएको दशैं तिहार आइ.टी. मेला.. |
|
तालिवान बिद्रोहीसंग बार्ता गर्न एक बार्ता समीति गठन (2010-09-05)
|
| अफगान राष्ट्रपति हमिद कारजाइले तालिवान बिद्रोहीसंग बार्ता गर्न एक बार्ता समीति गठन गरेका छन् । अफगान राष्ट्रपति कारजाईले उच्च स्तरिय बार्ता परिषद गठन हुनु शान्ति बार्ताको लागि उल्लेख्य पक्ष भएको बताएका छन । |
|
पुल बन्न नसक्दा आवत-जावतमा समस्या (2010-09-05)
|
| रुपन्देहीको मधौलिया कान्छिबजार अन्र्तगत गंगोलियाको डण्डाखोलामा रहेको पक्कि पूल भत्किएको पांच बर्ष बितीसक्दा पनि पुलको पूर्ननिर्माण हुन नसकेपछि स्थानिय बासिन्दाहरुले बाँसे पुल निर्माण गरेका छन् । पांच बर्ष अघि २०६४ साल भदौ महिनामा आाएको अविरल बर्षासंगैको बाढीले भत्काएको पक्की पुल.. |
|
यो साता सुनमा फरक फरक मूल्य, नेप्से परिसुचकमा गिरावट (2010-09-05)
|
| यो साता बजारमा सुनचांदीको कुनैपनि आधिकारीक मुल्य आउन सकेन जसको परिणम स्वरुप बजारमा सुनचादीको मुल्यमा कुनै एकरुपता आउन सकेन । सुनचांदी सम्बन्धी सम्पूर्ण कार्य गर्ने उद्देश्य अनुरुप नेपाल सुनचांदी व्यवसायी संघ, नेपाल रत्न तथा आभुषण संघ.. |
|
पाल्पामा संकटापन्न गिद्ध संरक्षण अभियान (2010-09-05)
|
| दोस्रो अन्तराष्ट्रिय गिद्ध दिवसको अवसरमा अधेरीछर्छरे सामुदायिक बनले आयोजना गरेको पत्रकारसँग समाचार सहकार्यका लागि आयोति अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला वन अधिकृत रामवावु पौडेलले जिल्लाका यम्घा, खालीवन लगायतका गाविसमा समेत रहेका गिद्धको समेत संरक्षण अभियान सञ्चालन गरिनुपर्ने बताए । |
|
आफ्नो स्वास्थ्यमा विषेश ख्याल राख्न बुटवल नगरपालिको आग्रह (2010-09-05)
|
| बुटवलमा हैजाको जिवाणु फेला परपेछि बुटवल नगर पालिकाले हैजाबाट वँच्नका लागि आफ्नो स्वास्थ्यलाई विशेष निगरानि राख्न आग्रह गरेको हो । गएको २ हप्ता याता रुपन्देहीमा ९ जनामा हैजाको जिवाणु फेला परिसकेको छ । |
|
नयां प्रधानमन्त्री पाउन नसकेपछि अर्को चुनाव भदौ २२ गते हुने (2010-09-05)
|
| ६ पटकको प्रधानमन्त्री निर्वाचनबाट पनि मुलुकले नयां प्रधानमन्त्री पाउन नसकेपछि अर्को चुनाव भदौ २२ गते हुने भएको छ । संसदको कार्यब्यवस्था परामर्श समितिको बैठकको निर्णयअनुरुप सभामुख सुवास नेम्वाङले अर्को बैठक भदौ २२ गते ३ बजे आह्वान गर्नुभएको हो । |
|
महत्वपुर्ण निर्णयहरु सहित धर्म डाँडा शेर्पा समाजको नियमित बैठक सम्पन्न (2010-09-05)
|
| धर्म डांडा शेर्पा समाजको नियमित बैठक अध्यक्ष छिरिङ तेन्जिङ शेर्पाको अध्यक्षतामा बौद्ध तीनचुली स्थित साँस्थको कार्यलयमा सम्पन्न भएको छ। नियमित बैठकको क्रममा ६ वटा महत्वपुर्ण बुँदाहरु क्रमश: १)लोसार पर्व, २) ब्रित चित्र, ३) दात्रि साँस्थाको सहायोग , ४) अपाङग ब्यक्तिलाई सहायोग, ५) नयाँ ट्रेकिङ रुट सम्बन्धि,६).. |
|
‘मिस ग्लोबल २०१०’ को प्रतियोगीहरु छनौट (2010-09-04)
|
| सौन्दर्य प्रतियोगिताहरुको भिडमा इ.एस क्रिएशनले विशेषतः कलेजका युवतीहरुलाई सहभागी गराउने गरी गर्न लागेको ‘मिस ग्लोबल २०१०’ को फाइनलमा भिड्ने ३० जना १६ वर्षदेखि २४ वर्षसम्मका देशभरका युवतिहरुलाई शनिवार अडिसनमार्फत छानेको छ। |
|
बुटवलमा थप तीन जनामा हैजा (2010-09-04)
|
| बुटवलमा थप तीन जनामा हैजाको जिवाणु फेला परेको छ । यो संगै दुई साता भित्र रुपन्देहीमा ९ जनामा हैजाको जिवाणु फेला परेको लुम्बिनी अंचल अस्पताल बुटवलका वरिष्ठ मेडिकल टेक्लोलीजिस्ट बिनोद ज्ञवालीले जानकारी गराउनुभयो । |
|
पैसाको मोलमोलाई भएको अन्तवार्ता कपोकल्पित : महरा, अन्तवार्ताको अंश भारतबाट प्रसारित : नेपाल वानका पत्रकार (2010-09-04)
|
| प्रधानमन्त्रीको निर्वाचनमा सभासद् किनबेच गर्न माओबादीले चीनसँग पैसाको मोल मोलाई गरेको भन्ने विभिन्न संचारमाध्यमका आएको समाचारका विषयमा माओबादी विदेश विभाग प्रमुख कृष्णबहादुर महराले आपत्ती जनाउनुभएको छ । |
|
कुलुङ किदुगलाई शरण गमन शिल(क्याप्डो दोम्बा)र उत्क्रण्ति साँस्क्रन्ती अगाम (सिन्बी फोव) प्रदान (2010-09-04)
|
| स्वायम्भु सीतापाईलास्थित निर्माणधिन परम पुज्य बरिष्ठ धर्म गुरु श्री क्याब्जे ठुल्शिक रिन्पोछेज्युको गोन्पामा शरण गमण शिल र साँस्क्रनती अगम रिन्पोछेद्वारा प्रदान गर्नु भएको छ । |
|
1 [] []
|